पिछडिएका समुदायको न्यायमा पहुँच वृद्धि गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ, १९ कात्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरुपले विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएका समुदायको न्यायमा पहुँच वृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । विश्व बैंक समूहले अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको ‘न्याय क्षेत्र सुधार तथा प्रविधि’ विषयको उच्चस्तरीय सत्रलाई आज सम्बोधन गर्दै उनले न्याय सम्पादनमा सूचना प्रविधिको प्रयोग, त्यसमा […]

राष्ट्रपतिसमक्ष लोकसेवाआयोगको प्रतिवेदन पेश

काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औँ वार्षिक प्रतिवेदन पेश गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उनले आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन पेश गरेका हुन । संवैधानिक व्यवस्थाअनुसार आयोगले हरेक वर्ष आफूले सम्पादन गरेका कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने […]

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ: गृहमन्त्री थापा

बुटवल, १९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई असफल तुल्याउन सरकार सफल भएको बताएका छन । गृहमन्त्रालय र प्रदेश नंं. ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ […]

प्रदेश प्रमुख परिवर्तन स्वभाविकः अध्यक्ष दाहाल

राँझा, १९ कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताए ।प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्छ भने । “प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य […]

राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकि छन । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’प्रदेश नं १, तिलक परियार प्रदेश नं २, विष्णुप्रसाद प्रसार्इँ प्रदेश नं ३, अमिक शेरचन गण्डकी प्रदेश, धर्मनाथ यादव प्रदेश नं ५, गोविन्दप्रसाद कलौनी कर्णाली […]

अब त्रिविमा पारदर्शिता, निपष्क्षता र गुणस्तरको मार्गचित्र ल्याइने

काठमाडौँ, १८ कात्तिक । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता अपनाउँदै शैक्षिक गुणस्तर मापनका लागि स्पष्ट मादपण्ड तर्जुमा गर्ने सङ्कल्प गर्नुभएको छ । आर्थिक अनियमितता, दलीय राजनीतीकरण र आन्तरिक किचलोले वार्षिक पात्रोसमेत प्रभावित हुँदै आएको त्रिविलाई पुनःजीवन दिने सन्दर्भमा आफूले सम्पूर्ण जानकारी लिएपछि स्पष्ट कार्ययोजनाका साथ आफ्नो विवेकले भ्याएसम्म […]

जब सिआइबीको टोली ग्राहक बनेर गयो…

काठमाडौँ, १८ कात्तिक । विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सिआइबीले योजना बनायो । कारोवारी पक्राउ गर्न सहज नहुने देखेपछि सिआइबीको टोलीले ग्राहक बनेर जाने निर्णय ग¥यो । सोही […]

पूर्व एमाले नेताहरु असन्तुष्ट बन्दा भक्तपुरका नेकपा उम्मेदवारलाई बिबादमा तान्ने प्रयास

भक्तपुर, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, […]

महरालाई जेल पठाउने आदेश दिनुअघि इजलासमा उभिएकी रोशनीलाई सरकारी वकिलले बोल्न दिएनन

काठमाडौं, १८ कार्तिक । साेमवार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल पठाउने अादेश दिनुअघि इजलासमा केही बाेल्न उठेकी पीडित राेशनी शाहीलाई सरकाी वकिलले बाेल्नै दिएनन् । महरामाथि सुरुकाे दिन बलात्कार प्रयासकाे अाराेप लगाएकी शाही त्यसपछि भने निरन्तर महरामाथि लगाइएको अाराेप सहि नभएको भन्दै खण्डन गर्दै अाएकी छन । उनले प्रहरीमा उनका तर्फबाट दिइएको उजुरी […]

डिल्लीबजार कारागार लगिए महरा

काठमाडौं, १८ कार्तिक । निर्वतनमा सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान गरिएका छन् । जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै महरा कारागार चलान भएका हुन । जिल्ला अदालत काठमाडौंमा आजको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार  महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।  संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको […]