चार दिने जर्नेल सम्मेलनमा के के भयो ? प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण यस्तो छ सेनापतिको २५ पृष्ठ लामो सम्बोधन अरुले गरेको पापको भारी मैले किन बोक्ने ? सेनापतिको एक वर्ष सुधारका खाका कति कार्यान्वयन भए ? भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन जंगीअड्डाको निर्देशन जंगीअड्डातिर ढल्किएको ’चिनियाँ चस्मा’ माथिका शिर्षकहरु यो बहसको सन्दर्भमा उचित लागेर […]
राजनीति
बजेट विनियोजनमा भेदभावको आरोप लगाउँदै आन्दोलनको चेतावनी
लहान, २७ कात्तिक । बजेट विनियोजनमा भेदभाव गरेको भन्दै सिरहाजिल्लास्थित लक्ष्मीपुर पतारी गाउँपालिकाको बिभिन्न वडाका वडाध्यक्ष तथा स्थानीयवासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उक्त गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का वडाध्यक्ष तथा स्थानीयवासीले आज गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहलाई ज्ञापनपत्र बुझाउँदै एक साताभित्र सबै वडामा सम्मान ढङ्गले बजेट विनियोजन नगरिए आन्दोलन उत्रिने चेतावनी […]
संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह
पोखरा, २७ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन । पोखरा महानगरपालिका–१७ घारीपाटन क्षेत्रमा आज आयोजित उप निर्वाचनको प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले सरकारका संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई सच्याउँदै सही मार्गमा हिँडाउन उप निर्वाचनमा काङ्ग्रेसको जीत आवश्यक भएको बताए । […]
तीनै तहका सरकारबीच समन्वय अभावले समस्या
पर्वत, २७ कात्तिक । मुुलुकमा रहेका तीनै तहका सरकारका बीचमा समन्वय नहुँदा जिल्लामा विकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक समीक्षा कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयको अभाव खड्किएकाले जनअपेक्षाअनुसारका काम हुननसकेको […]
उपनिर्वाचन २०७६: नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै
बनेपा, २७ कात्तिक । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा जिल्ला सचिव टोकबहादुर वाइबाले बताए । नेपाली काङ्गे्रसले भने गाउँ तहबाट दनबहादुर केसीको नाम सिफारिश भएर आए […]
लोक सेवाद्वारा अधिकृत(प्राविधिक)को विज्ञापन(सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी।प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशीतर्फ विज्ञापन गरेको हो । आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा/समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको हो http://www.psc.gov.np/assets/uploads/files/Advt_Tech_Officer.pdf
काठमाडौंमा नेपाल र पाहुना देशका राष्ट्रपतिका फोटो जस्तै गरी नगरकोटका पोलपोलमा प्रचण्डका घरभेटीको फोटो टाँसियो
काठमाडौं, २६ कार्तिक । शैलुङ कन्स्ट्रसनका मालिक शारदा प्रसाद अधिकारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरभेटी हुन् । प्रचण्डसँगको निकट सम्बन्धकै कारण उनले ठूला ठूला ठेक्का पारेको भन्ने व्यापक चर्चाकैबीच अहिले नगरकोटका सडकमा अचम्मको दृष्य देखिने गरेको छ । राजधानीमा केही समययता उच्च तहका विदेशी पाहुना आउने […]
सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत
काठमाडौँ, २६ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरे । नेपाली सेनाबाट सम्मान गारत अर्पणपछि रातो गलैँचामा पदार्पण गर्दा […]
पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार प्रतिवद्ध: मन्त्री जम्कट्टेल
बनेपा, २६ कात्तिक । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सञ्चारसँग सम्बन्धित काम संस्थागत ढङ्गले गर्ने गरी व्यवस्था मिलाएको बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालय हेटौँडाले पाँच जिल्लाका पत्रकारका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल जर्नालिज्म तालीम’को आज उद्घाटन गर्दै […]
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदशनील
भक्तपुर, २६ कात्तिक । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा क मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ । उपनिर्वाचनमा चाँगुनारायण नगरपालिकाभित्रका नौ वटा वडा र भक्तपुर नगरपालिका–१० को एक वटा गरी १० वटा मतदानस्थल संवेदनशील रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी […]










