काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टी सदस्यहरुका लागि नयाँ आचारसंहिता जारी गरेको छ । सबै पार्टी सदस्यहरुले अनिवार्य लागु गर्नुपर्ने गरी जारी गरिएको आचारसंहितामा केही अनौठा प्रावधानहरु राखिएको छ । जुन प्रावधानहरु किन राख्नुपरेको हो भनेर धेरैले चासो राखेका छन् । नयाँ आचारसंहितामा अब हरेक महिना बनभोज गर्नुपर्ने, पारिवारिक जमघट गर्नुपर्ने […]
राजनीति
कडा नियम आफ्नै छोराछोरीलाई पनि ‘तँ’ भन्न नपाउने
काठमार्डौँ, ६ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आफ्ना नेता कार्यकर्ताका लागि कसैलाई पनि ‘तँ’ भन्न नपाइने लगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अब उप्रान्त नेतारकार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको यो आचारसंहिता लागु गर्न पार्टीका सबै […]
नेकपाबाट अग्नि, कांग्रेसले टुंगो लगाउँदै, निर्वाचन माघ १२ गते
काठमाडौं, ६ माघ । प्रतिनिधिसभामा रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सभामुख चयनको निर्वाचन माघ १२ गते गर्नेबारे दलहरुबीच सहमति भएको हो । दलहरुबीच माघ १२ मा सभामुखको निर्वाचन गर्ने सहमति भएको छ,’ खाँणले भने, ‘आज दिउँसो ४ बजे संसदको […]
संसद बैठकबाट शिवमायाले भनिन्: म मार्ग प्रशस्त गर्छु
काठमाडौं, ६ माघ । लामो समयको राजनीतिक खिचातानीपछि अन्ततस् उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले आफ्नो पदबाट राजीनामा दिने जनाएकी छिन्। मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको छु संसदमा उप सभामुख तुम्बाहाम्फेले भनिन्। सम्बोधनका क्रममा उनले संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद समेत दिइन्। यौन दुर्व्यवहार काण्डमा फसेपछि सभामुख कृष्णबहादुर महरा पदमुक्त भए। उनले पदबाट राजीनामा दिएपछि सभामुख पद […]
उपसभामुख तुम्बाहाङफेले राजीनामा दिइन्, अबको बैठक ठाकुरले संचालन गर्ने
काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । ‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न […]
अनन्त: तुम्बाहाङफेले दिइन् राजीनामा
काठमाडौं, ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् । संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’
राजीनामा दिँदै उपसभामुख डा. तुम्बाहाङ्फे
काठमाडौं, ६ माघ । उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गरेर संघीय संसद् सचिवालयमा राजीनामा दिने भएकी छन् । नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवारको टुंगो लगाएपछि उनी राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । उनले यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी थिइन् । सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ […]
प्रदेश नं ५: नाम र राजधानी टुङ्गो लगाउन माग
बुटवल, ६ माघ । प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएसंगै नाम र राजधानी टुङ्गो लगाउन माग गरेका छन् । प्रदेश सभाको पाँचौँ अधिवेशन चार महिनापछि आइतबारदेखि सुरु भएको हो । त्यस अवसरमा बोल्दै प्रदेश सभाका सदस्यहरूले यही अधिवेशनबाट प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको […]
सत्तारुढ नेकपासँग उपसभामुखका प्रश्नै प्रश्न, विनागल्ती आफूलाई हटाउन लागेकोमा आपत्ती
काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी छन् । उपसभामुख तुम्वाहाङ्फेले अहिले आफूलाई निर्वाचित गराउने पार्टी नेकपासँग आफूलाई हटाउनुपर्ने कारण के हो भन्दै निरन्तर प्रश्न गर्दै […]
सभामुख उम्मेदवारी: नेकपामा फेरिएको समीकरण
काठमाडौं, ६ माघ। डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले अक्कल झुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे । तर झन्डै […]






