अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं, १२ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक घटना क्रममा र पार्टीले संविधान संसोधनका लागि संयन्त्र बनाएपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ । शनिबार बसेको सचिवालय बैठकले माधवकुमार नेपालको नेतृत्वमा राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने […]

नेकपा अध्यक्ष ओली आफैंले गरे पार्टी आचारसंहिता उल्लंघन

काठमाडौं, १२ फागुन । जो अगुवा उही बाटो भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो । सो आचार […]

बाँस्कोटा प्रकरण: प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध उजुरी

काठमाडौँ, ११ फागुन । सेक्युरिटी प्रेस स्थापनाका लागि घुस डिल गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध दोस्रो उजुरी दर्ता भएको छ । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव एवं हाल सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरूङ र सरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक प्रमुख विकल पौडेलविरूद्ध भ्रष्टाचारमा अनुसन्धान माग गर्दै […]

अर्थमन्त्री डा. खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण (तस्विर सहित)

काठमाडौ, ११ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गरेका छन । सञ्चारमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आज मन्त्रालयको पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्दै कर्मचारीहरुलाई निर्देशन दिदैँ उनले सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गरे । उनले […]

समायोजन भएका कर्मचारीबारे मन्त्री र सांसदले बल्झाए विवाद

काठमाडौँ, ११ फाल्गुन । एक वर्ष पहिलेदेखि संसदीय समितिमा दफावार छलफलमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास हुनभन्दा झन्झन् विवादमा फस्दै गएको छ । २०७५ फागुन १० गते प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफल सुरु भएको उक्त विधेयक अझै पास हुन सकेको छैन । विधेयकमा […]

परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

काठमाडौँ, ११ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन् । गैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तर्कियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताए । नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उनले विदेशी नागरिकलाई नेपाल पठाउन […]

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, ११ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा करोडौं घुस मागेको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको र उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउन […]

बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘६९औं बर्थडे सेलिब्रेशन’

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त […]

एकिकृत जनक्रान्ति र प्रतिबन्धको एक बर्ष

२०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति केहि सामान्य र सतही टिप्पणी बाहेक खासै ठुलो बहस भएन । यता, आफ्नो घोषित कार्यदिशालाई कागज र भाषणमा मात्रै सिमित […]

कोरोनाबाट चीनमा ज्यान गुमाएकाहरुको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा

भक्तपुर, ९ फागुन । चीनमा कोरोना भाइरस (कोभेड १९) बाट ज्यान गुमाएकाको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । शुक्रवार दरवार स्क्वायरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको हो । ३१औं अन्तर्राष्ट्रिय पर्यटक पथप्रदर्शक दिवसको अवसर पारेर भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र भक्तपुर स्थानीय पथप्रदर्शक समितिको संयुक्त आयोजनामा मृतकको सम्झनामा मैनबत्ती प्रज्वलन समेत गरिएको […]