दाङ विष्फोटमा घाइते म्यादी प्रहरीको कोहोलपुर मेडिकल कलेजमा मृत्यु

दाङ, १३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी प्रहार गरिएकाे वम विष्फाेटमा परी घाइते भएका एक जना म्यादी प्रहरीकाे ज्यान गएकाे छ । दाङको तुलसीपुरमा अज्ञात समुहको बम विष्फोटबाट घाइते भएका म्यादी प्रहरी विनोद चाैधरीको उपचारकाे क्रममा ज्यान गएको हाे । मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी घाइते भएका चाैधरीलार्इ उपचारका लागि काेहाेलपुर मेडिकल […]

राती राती वाम गठबन्धनका झण्डा, ब्यानर च्यातेर फाल्दै गरेका प्रहरी टोली रङ्गेहात पक्राउ

बर्दिया, १३ मंसिर । बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८ जुरैना गाउँमा मध्यरातमा वाम गठबन्धनको झन्डा निकाल्दै फाल्दै गर्दा एकजना प्रहरी जवान र अन्य म्यादी […]

लाेकतन्त्र फासिवादमा पतन भयाे : दर्शन

अछाम, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज शेरबहादुर बिक ‘दर्शन’ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा समेत रोक लगाएर संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको बताएका छन् । “संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको छ, शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न समेत रोक लगाइएको छ । यही व्यवस्थाको संविधानले ग्यारेण्टी गरेको विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको […]

सिटौला पछि फेरि प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी वम प्रहार, ८ घाइते

दाङ, १२ मंसिर । दाङको तुल्सीपुरमा बम विष्फोट हुँदा म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित […]

सिमिटकोट विमान दुर्घटनाको थप अपडेट : टाउकोमा गम्भीर चोट लागेका सुरक्षाकर्मीलार्इ नेपालगञ्ज लगियो

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा दुर्घटना परेकाे बिमानमा रहेका ६ जना गम्भीर घाइते भएका छन् । तारा एयरको ‘नाइन–एनएबिएम’ कलसाइनको ट्वीनअटर विमान सिमकोट विमानस्थलमा आज बिहान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियाे । विमानमा चालकदलका तीनजना र १३ जना सुरक्षाकर्मी थिए । उनीहरूमध्ये चालकदलका तीनसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल […]

माउन्ट आगुंगमा खतरानाक ज्वालामुखी निस्कँदै सबै मानिसलाई

काठमाडौं, १२ मंसिर । इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा झनझन बढिरहेको छ । आसपाका एक लाख मानिसहरु प्रभावित हुने भएका छन् । उनीहरुलाई तत्काल अन्यत्र जान भनिएको छ । इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो । प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ […]

निर्वाचनमा खटिएका प्रहरी बोकेको तारा एयरको जहाज सिमिकोटमा दुर्घटना

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा तारा एयरको जहाज दुर्घटनामा परेकाे छ । १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा खटिएका प्रहरीहरु लिएर अाउदै गरेकाे तारा एयरकाे जहाज दुर्घटनामा परेकाे हाे । मंगलबार बिहान सिमिकाेटबाट सुर्खेतका लागि उड्नै लाग्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनाबाट पाइलटसहित पाँचजना घाइते […]

१ सय १५ अर्ब १० कराेड बेरुजुमा सरकार, कुन मन्त्रालयकाे बेरुजु कति ?

काठमाडाैं, १२ मंसिर । सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ । अर्थ मन्त्रालयले बेरुजु फस्र्योट दर निकै सुस्त देखिएको जनाएको छ । खर्च भएको, तर नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ […]

चुनावको मुखैमा मतदाताकाे घरघरमा ओलीको पत्र, बन्द खामभित्र यस्तो पो रहेछ

काठमाडाैं, १२ मंसिर । सूचना आदानप्रदानका लागि मोबाइल सबैभन्दा सहज छ । इमेल र मेसेन्जरबाट पनि सहजै सन्देश पठाउन सकिन्छ । हवाई पत्र त हराइसकेको छ । तर, अध्यक्ष केपी ओलीको नाममा एमालेले मत माग्दै मतदातालाई हवाई पत्र पठाएको छ । हवाई पत्रमा ओलीको हस्ताक्षर पनि छ । पत्रमा परम्परागत शैलीमा सम्बोधन गरिएको छ । […]

कांग्रेस नेता सिटौलाको घरमा मध्यरातमा बम विष्फोट, घरमै रहेका सिटौला सकुशल

झापा, १२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फाेट भएकाे छ । झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा गए राति करिव १ बजेतिर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ। झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका सिटौला बम विष्फाेटका बेला घरमै बसेका थिए। घरकाे पछाडि […]