प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी

काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]

श्रीमान लगाएर वडाअध्यक्ष कुटाउने उपमेयर दाहाल मिडियाकर्मीमाथि किन खनिइन ? यस्ताे छ कारण

चन्दन रौनियार, सुनसरी । सुनसरी स्थित दुहबी नगरपालिकामा भएको कुटपिट प्रकरणमा नगरपालिका मिडियामाथि खनिएको छ । उपमेयर सुनिता दाहाल साहले ५ नं. वडाका अध्यक्ष तथा सदस्यमाथि कुटपिट गरेको बिषयमा भिडियो र तस्विरसहित समाचार आएपछि मिडियामाथि नगरपालिका खनिएको हो । न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर साहले वडा अध्यक्ष र सदस्यलाई कुटपिट गरेको बिषयमा नगरपालिकाले पत्रकार सम्मेलन […]

व्यापार घाटा घटाउन योजना ल्याउने तयारीमा ओली सरकार

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताएका छन् । नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ सोमबार बालुवाटारमा ग्रहण गर्दै उनले भने- “व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।” प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड […]

शेयर बजारको विषयलाई लिएर संसद बैठकमै बबाल…

काठमाडौं, १३ चैत । शेयर बजारमा निरन्तर आइरहेको गिरावटका विषयमा संसदमासमेत कुरा उठेको छ । राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘शेयर बजारमा धनीहरूले मात्र होइन, साना लगानीकर्ताले पनि किन्छन्, अर्थमन्त्रीका भाषणले भइरहेको भन्ने कुरा आएको छ,’ अधिकारीले संसदमा भने, […]

क्रान्तिकारी विद्यार्थीहरुले सम्झौताहीन संघर्ष गर्ने, मन्त्रालय र विभाग बन्द गर्ने चेतावनी

काठमाडौं, १३ चैत । अखिल क्रान्तिकारीले शैक्षिक समस्याका विरुद्ध सम्झौताहीन संघर्ष सञ्चालन गर्ने जनाएको छ । दाङमा सम्पन्न राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न आज मंगलबार दिउसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी क्रान्तिकारीले सो जानकारी दिएको हो । साथै क्रान्तिकारीले अब शैक्षिक स‌स्थामात्र नभर्इ शिक्षा मन्त्रालय र शिक्षा विभागहरु नै बन्द गर्नुपर्ने अवस्था अाएकाे बताएकाे छ […]

इतिहासमै सबैभन्दा धेरै संख्यामा रुसी कूटनीतिज्ञलाई देश निकाला, यस्तो छ कारण

एजेन्सी, १३ चैत । अमेरिका र उसका युरोपेली साझेदारहरुले बेलायतमा एकजना पूर्वरुसी गुप्तचरमाथि असर गर्ने विषालु रासायनिक आक्रमणको संयुक्त प्रतिक्रियास्वरुप दर्जनौं रुसी कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएका छन् । संयुक्तरुपमा रुसी जासुसी अधिकारीहरुलाई देश निकाला गरिएको यो इतिहासमै ठूलो घटना हो । बेलायतसँग मिलेर २० भन्दा बढी मुलुकले १०० भन्दा बढी रुसी कूटनीतिक कर्मचारी निकाला […]

प्रतिष्ठाका लागि नेपाल र यमन भिड्दै

काठमाडौं, १३ चैत । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे तटस्थ मैदान कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा हुनेछ । यमनमा आन्तरिक हिंसा जारी रहेकाले उसको मैदानमा हुनुपर्ने सबै खेलहरु तटस्थ मैदानमा आयोजना गरिँद आएको छ । समूह ‘एफ’अन्तर्गत्को यो खेल […]

ब्यारेकभित्रै दुई नेपाली सैनिकको रहस्यमय मृत्यु

काठमाडौं, १३ चैत । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत दुई नेपाली सैनिकको ब्यारेकभित्रै रहस्यमय मृत्यु भएकाे छ नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्लाखल्ला गरेका थिए । सेनाले पछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी […]

घट्दो बजारमा ‘सर्किट ब्रेकर’ – लागनीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब !

काठमाडौं, १३ चैत । सेयर बजारमा उच्च बिन्दुले घटेपछि सोमबार सर्किट ब्रेकर लागएर नियन्त्रण गर्नुपरेको छ । कारोवार सुरु भएको ४० मिनेटमै सेयर बजार मापक नेप्से तीन प्रतिशतले घट्न पुग्यो । विहान ११ बजे कारोवार सुरु भएदेखि ने नेप्से परिसुचक निरन्तर आरोलो लागेको थियो । ओरालो लाग्ने क्रम नरोकिएपछि बजार नियन्त्रण गर्न नेपालमा स्टक एक्चेन्जले […]

किन धाउँछन भारतीय राजदुत सिंंहदरवारभित्र, सिंहदरवारभित्रै उर्जामन्त्रीसँग गोप्य भेट

काठमाडौं, १२ चैत । सामान्यतया नेपालमा रहेका अन्य देशका कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर साे मन्त्रालयका अधिकारीकाे उपस्थितिमा मात्र नेपालका मन्त्री तथा अन्य अधिकारीहरुसँग भेटघाट गर्न पाउँछन । तर, हिजाेेअाज नेपालमा रहेका भारतीय राजदुत भने निस्फिक्री परराष्ट्र मन्त्रालयकाे कुनै जानकारी विना नै नेताहरुकाे वेडमा पुग्न थालेका छन् । उनी देशकाे मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा कुनै […]