यो व्यवस्थाका कारण भ्रष्टाचार झनै संस्थागत हुँदैछ

भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । […]

बन्दुक नियन्त्रणको माग गर्दै ५ लाख मानिस प्रदर्शनमा उत्रिए !

काठमाडौं, ११ चैत । बन्दूकमाथि पूर्ण नियन्त्रणको माग गर्दै पूरै अमेरिकाभर प्रदर्शन गरिएको छ । विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा समाजका विभिन्न क्षेत्रले समर्थन गरेका छन् । ‘मार्च फर आवर लाइभ्स्’ लेखेका ब्यानरसहित प्रदर्शनकारी सडकमा उत्रेका हुन् । सबैभन्दा ठूलो प्रदर्शन राजधानी वासिंगटन डिसीमा भएको छ भने देशको आठ सयभन्दा बढी स्थानमा यस्ता प्रदर्शन गरिएका छन्  […]

नेकपाको बन्दका कारण कोशी ठप्प, अवज्ञा गर्ने बस जलाइयो

काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टीको बन्दका कारण कोशी ठप्प भएको छ । नेकपा कोशी ब्युरोकाे पूर्व घोषित कार्यक्रम अन्तर्गत आइतबार कोशी बन्दले पूर्वकाे जनजीवन पूर्णत प्रभावित भएकाे छ । बिहानैदेखि यातायात ठप्प छ भने बिहानी सेवाका स्कुल कलेज बन्द छन्, बजार, कलकारखाना पनि खुल्न सकेका छैनन् । यसैबीच बन्दकर्ताहरुको बन्दको अवज्ञा गरेको भन्दै  […]

एकतापछि कति सदस्यीय बन्दैछ एमाले-माओवादीको केन्द्रीय कमिटि ?

काठमाडौं, ११ चैत । एमाले–माओवादी पार्टी एकतापछि बन्ने पार्टीको सांगठनिक संरचनाबारे कतिपयमा सहमति जुटे पनि केही विषय छलफलमै छन् । नयाँ पत्रिकाका अनुसार एमाले–माओवादी पार्टी एकतालगत्तै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी भएको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि पुच्छर हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको […]

ओली र प्रचण्डको राजनीति पाँच वर्षमा ज्योति बसुको तहमा अवसान हुन्छ

तपाईंंलाई कम्युनिस्ट आन्दोलनमा कसरी आकर्षित हुनुभयो ? खोटाङ जिल्ला पेम्मा गाउँमा बस्ने श्रीकृष्ण माध्यमिक विद्यालयको प्रध्यानाध्यापक हरिनारायण राईबाट मलाई माक्र्सवादी विचारप्रति पहिलो प्रेरणा प्राप्त भयो । सोलुखुम्बु जिल्ला सोताङलुङमा जन्मेँ र हुर्के । २०३७ सालमा जेठा दाजु प्रहरीमा हुनुहुन्थ्यो । उहाँ झापामा आन्दोलनको बीचमा घाइते हुनभएछ, २०३७ सालमा जेठा दाजु बित्नुभयो । २०३८ सालमा बुबा […]

क्रान्तिकारी आन्दोलनमा सुर्खेती योगदान

२०३५/३६ सालको जनआन्दोलनको सेरोफेरोमा अर्को चर्चित काण्ड भयो । सुर्खेतको पूर्वी बेल्टका जनता आफ्ना मागहरू लिएर शान्तिपूर्ण ढंगले वीरेन्द्रनगर आउ“दै गर्दा दशरथपुर कृषि फार्ममा पुगेपछि दशरथपुर निवासी तत्कालीन जिल्ला विकास समितिका सभापति पञ्च तुलसीप्रसाद शर्माको आदेशमा गोली चलाइयो र ६ जनाको हत्या भयो जब कि त्यो बेला जनमत संग्रहको घोषणा भइसकेको थियो जनमत संग्रहको घोषणापश्चात […]

जनवर्गीय सङ्गठनबारे एमाले–माओवादीले गरे यस्तो नँया सहमति

काठमाडौं, ११ चैत । एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् । ‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने, महासंघीय […]

मधेशी दलसँग सरकारको किन हुन सकेन संवाद?

काठमाडौं, १० चैत । चैत पहिलो साता (चैत २) तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैगर्दा प्रधानमन्त्री केपी ओलीले मधेशवादी दलसमेत सहभागी हुँदै गरेको सन्देश दिए ।  ओलीको अभिव्यक्तिलाई पत्याउने गरी विस्तरमा विलम्ब भयो । अन्ततः मन्त्रिपरिषद विस्तार त भयो, तर मधेशवादी दल अटाएनन् । मन्त्रिपरिषद विस्तारलगत्तै मधेशवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले संविधान […]

सानो पार्टी सभापतिको कब्जामा, देश वामको कब्जामा : सिटौला

काठमाडौं, १० चैत । चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ । यो खबर हामीले आजको […]

काठमाडौंमा पाँच बर्षपछि मोनोरेल: यस्तो छ तयारी

काठमाडौं, १० चैत । आगामी पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी गरिएको छ । लगानीबोर्डको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनो रेलबाट साढे २८ किलोमिटरको चक्रपथ परिक्रम गर्न सकिनेगरी प्रक्रिया अघि बढाएको छ। ‘मलेसियाली कम्पनीस“गको सहकार्यमा काठमाडौं मोनो रेल प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने भएको छ’, ट्रान्सपोर्ट इन्जिनियर आशिष गजुरेलले भने, ‘ […]