खाँदबारी, २२ भदौ । सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्गअन्तर्गत पर्ने छ किमी सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ । सडक खण्डभरि खाल्डो र हिलाम्मे भएकाले आवत–जावत गर्न पाँच घण्टादेखि कहिलेकाहीँ एक दिनसमेत लाग्ने गर्दछ । हिलाम्मे सडकमा फसेको गाडी निकाल्न नसकेमा रातसमेत त्यहीँ बित्ने […]
मुख्य समाचार
राजश्व चुहावटअनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन २०७६’विधेयक पारित
काठमाडौँ, २२ भदौ । प्रतिनिधिसभाको आजको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन २०७६’ विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको उक्त विधेयक प्रस्तुत गरे । विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिँदै उनले राजश्व अनुसन्धानलाई प्रभावकारी बनाउन सो […]
‘सरकार, कर छल्नेबाट कर उठाऊ’ एनसेलसँग उठाऊ, नागरिकलाई मारमा नपार
काठमाडौं, २२ भदौ । ‘सरकार कर उठाउने हो भने एनसेलसँग उठाऊ, जनतासँग धेरै नउठाऊ । राजश्व छल्ने ठूला व्यापारीसँग उठाऊ, नागरिकलाई मारमा नपार ।’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा यसरी आफ्नो विचार राख्दै सांसद हृदयेश त्रिपाठीले करको दर र मात्रा बढी भएका कारण नागरिकमा निराशा बढेकाले उनीहरूलाई राहत दिएर कानूनको बलमा कर छल्नेहरुलाई कारवाहीको दायरामा […]
नेकपाको बृहत् कार्यकर्ता प्रशिक्षण हुने
इलाम, २२ भदौ । पार्टी एकताको सन्देश दिँदै कार्यकर्तामा पार्टी र सङ्गठनको विषयमा जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी नेकपाको इलाममा दुईदिने बृहत् कार्यकर्ता प्रशिक्षण हुने भएको छ । यही भदौ २७ र २८ गते चल्ने प्रशिक्षण कार्यक्रममा केन्द्रीयस्तरका सात नेताको सहजीकरण रहने नेकपा इलामले जानकारी दिएको छ । सहजीकरणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, […]
घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै
वालिङ, २२ भदौ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बर वडामा अवस्थित घ्वाङखोलामा आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरेसँगै धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र बन्दै गएको हो । वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन किलोमिटरको दूरीमा […]
दूधकोशी जलविद्युत् आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने
खोटाङ, २२ भदौ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट खोटाङको ६५७, ओखलढुङ्गाको ४७९ र सोलुखुम्बुको […]
कर्मचारी नहुँदाका समस्या: न बैठक न राहत
बलेवा, २२ भदौ । दुई सातापहिले बागलुङको निसीखोला गाउँपालिका–३ की पूर्णकुमारी पुनको गोठमा आगलागी भयो । आगलागीबाट भैँसी र गोरु पनि जले । गोठै मासिएको पीडाले छटपटाएकी पुन जलेको गोठको पुनर्निर्माण गर्न राहतको खोजीमा हिँड्नि । सामान्य परिवारकी उनलाई कुनै सानो सहायताले मात्रै पनि ठूलो राहत हुन्थ्यो । निसीखोला गाउँपालिकाले विपद्का बेला सघाउन कोष बनाएर […]
सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर देवताको मेला
डोटी, २२ भदौ । डोटी र डडेल्धुरा जिल्लाको सिमाना नजिकै अवस्थित प्रमुख धार्मिकस्थल घण्टेश्वरमा मेला आज राति विशेष धार्मिक मेला लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजारजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइँदै आएकामा त्यसै व्यवस्थाअनुसार नेपाल सरकारले पनि रकम पठाउँदै आएको छ । मेला व्यवस्थापन समितिबाट पनि नेपाल सरकारलाई […]
शिक्षाको सवलीकरणका लागि तीनै तहका सरकारसँग समन्वय अपरिहार्यः महानिर्देशक पौडेल
काठमाडौं, २२ भदौ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सार्वजनिक शिक्षाको सवलीकरण गर्न तीनै तहका सरकारसँग समन्वय गरिने बताएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक सार्वजनिक अपिल जारी गर्दै केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सो कुरा बताएका हुन् । पौडेलले अपिलमा संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको प्रयत्नमा सार्वजनिक […]
बेरोजगारका लागि ‘रोजगारी पसल’
राँझा, २२ भदौ । बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल, कलकारखाना, उद्योग, […]











