काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री भट्टले प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् । यस्तै एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र मानबहादुर […]
मुख्य समाचार
आर्थिक सर्वेक्षणः कोभिडबाट सबैभन्दा बढी प्रभावित बन्यो पर्यटन क्षेत्र
काठमाडौं । कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक सर्वेक्षण जारी गर्दै मन्त्रालयले पर्यटन क्षेत्रमा उच्च संकुचन हुने उल्लेख गरेको छ। सन् २०१९ मा विदेशी पर्यटक २.१ प्रतिशतले बढेकोमा महामारीका कारण ८०.८ प्रतिशतले घटेको थियो। सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै भित्रिएको सर्वेक्षणले देखाएको […]
सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने
काठमाडौं, ११ जेठ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन्। सीपीएलले सामाजिक सञ्जालमार्फत सन्दीपले डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको हो। काइरन पोलार्डको कप्तानीमा रहेको ट्रिनबागोले गत वर्ष अपराजित रहँदै उपाधि जितेको थियो। सन्दीपले गत वर्ष जमैका तलावाजबाट सीपीएल खेलेका थिए। जसमा […]
माधव नेपालको टिमलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
काठमाडौँ । नेकपा एमालेले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले आफ्नो दलका नेताविरुद्ध उभिएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको […]
मानिसहरुलाई घरबाट बाहिर निस्कन नदिन सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन
काठमाडौँ । गृहमन्त्रालयले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्न निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेले शनिबार गृहमन्त्रालयमा बोलाएर नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् । साथै गृहले निषेधाज्ञा उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई […]
प्रतिनिधिसभा विघटन संविधान र सर्वोच्चको फैसलाविपरीतः सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्नि सापकोटाले वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था रहेकै बेला संसद विघटन गर्नु असंवैधानिक रहेको टिप्पणी गरेका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि दिनभर कानूनविद्हरुसँग परामर्श गरेका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै संसद विघटन असंवैधानिक भएको टिप्पणी गरेका हुन् । प्रतिनिधिसभा विघटन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले विघटन यसअघिको सर्वोच्चको फैसलाको […]
आज पनि कोरोना संक्रमणबाट १२९को मृत्यु, ८९८० संक्रमित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पीसीआर परीक्षण र ७४८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म […]
भूतको ताण्डव
बालुवाटारको बाँसघारीबाट फुत्त निस्केको मुलुकमारा रॉके भूत चकमन्न मध्यरातमा देशै भर आगो सल्काउन भस्मासुर शैलीमा राँको लिएर छिर्छ शीतले दरबार र,लगाउँछ मुलुक भरी डडेलो चण्ड-मुण्ड र मतियारहरूसंग उसको अपवित्र साँठगाठ छ बलिदान पछि ल्याइएको अबोध संबिधानमाथि बलात्कार गरेर छाति फुलाउँदै पाखण्डअी प्रलाप गाउँदै नग्न नृत्याङ्गनाको नाङ्गो नाच नाचेर हल्लाउँदै छ स्वाभिमानी नेपालको झण्डा बित्पाते भएर […]
गृहमन्त्री बादलसहित प्रचण्ड छाडेर ओलीतिर लागेका सात मन्त्री पदमुक्त
काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र […]
कोरोना महामारीमा नेपाललाई चीनले यसरी गरिरहेको छ सहयोग
काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो । सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै भारतमा दैनिक लाखौ मानिसहरु संक्रमित र हजारौ मानिसहरुको मृत्यु हुन थालेपछि भारतका अस्पतालहरुमा कोरोना संक्रमितहरुको चाप बढ्न थाल्यो […]











