सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने

काठमाडौं, ११ जेठ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन्।

सीपीएलले सामाजिक सञ्जालमार्फत सन्दीपले डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको हो।

काइरन पोलार्डको कप्तानीमा रहेको ट्रिनबागोले गत वर्ष अपराजित रहँदै उपाधि जितेको थियो।

सन्दीपले गत वर्ष जमैका तलावाजबाट सीपीएल खेलेका थिए। जसमा उनले ११ खेलमा १२ विकेट झारेका थिए।

सन्दीपलाई जमैका तलावाजले रिलिज गरेसँगै ट्रिनबागोले अनुबन्ध गरेको हो। सीपीएल २०२१ आगामी २८ अगष्टदेखि १९ सेप्टेम्बरसम्म हुनेछ।

Loading...