काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो । चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अनुमति प्राप्त गरेसँगै दक्षिण […]
मुख्य समाचार
बाढी, पहिरो र डुबानमा परी १०१ जनाको मृत्यु, ४० जना घाइते
काठमाडौँ। अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु […]
मुख्यमन्त्रीको पस्तावमा मतदान नै नगरी बागमती प्रदेशसभा बैठक स्थगित
काठमाडौ । बागमती प्रदेशसभाको बैठक १० कात्तिकमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलीय धारणा राखिएको छ । सो प्रस्तावमा मतदान नगरी बैठक स्थगित गरिएको हो । दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) […]
राजेन्द्र पाण्डे गठबन्धनका तर्फबाट बागमतीको मुख्यमन्त्रीमा प्रस्तावित
काठमाडौँ। बागमती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले शाक्यलेलाई विश्वासको मत दिन नसक्ने बताए । उनले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत […]
सखिया नृत्यको रौनक हराउँदै
दसैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ। कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ। कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए। ‘सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ’, […]
विराटनगर उडेको फिस्टेलको हेलिकोप्टर इनरुवाको धानखेतमा ल्याण्ड
काठमाडाैं । सुनसरीको इनरुवामा शनिबार साँझ फिस्टेल एयरको एक हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण गरिएको छ। काठमाडौंबाट विराटनगरका लागि चार्टड हेलिकोप्टर हेलिल्याण्ड थाहा नभएर धान खेतमा अवतरण गरिएको हो। हेलिकोप्टरमा चालकदलका दुई सदस्यसहित काठमाडौं भ्यूटावरका निर्माता मनोज भेटवाल सवार थिए। बेलुका ६ बजेर ५ मिनेटमा स्थानीयले घरमाथि नजिकैबाट पिलिक्क पिलिक्क लाइट बाल्दै हेलिकप्टर दिशाहिन भएर इनरूवा ३ सखुवागाछीकाे […]
नेपाल साफ च्याम्पियनसिपको उपविजेता
काठमाडौँ । माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो । माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी […]
साना कृषि औजारको बढ्दो प्रयोग : किसानलाई सहज
काठमाडाैं । जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय झापामा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ। मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसान आत्मनिर्भर हुन थालेका छन्। ‘पहिले पहिले परम्परागत तरिकाले खेती गर्थ्यौं, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो’, […]
बाँकेबाट २० दिन पैदल हिडेर माइतीघरमा धर्ना, तर न्याय अनिश्चित
काठमाडौँ। अरुलाई दशैको उल्लास छ । दशैमा मिठामिठा परिकार खाइरहँदा माइतीघरमा नेपालगन्जबाट अाएकाे एक समूह भने चिसाे भुइमा रात बिताइरहेकाे छ । उनीहरु महिलामाथि हुने हिंसा र महिला हत्याका घटनामा न्याय माग्न माइतीघरमा धर्नामा बसेका हुन । बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण पछि हत्या भएको घटनामा अनुसन्धानकाे माग गर्दै नेपालगन्जबाट ११ महिला […]
पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा […]











