बाँकेबाट २० दिन पैदल हिडेर माइतीघरमा धर्ना, तर न्याय अनिश्चित

काठमाडौँ। अरुलाई दशैको उल्लास छ । दशैमा मिठामिठा परिकार खाइरहँदा माइतीघरमा नेपालगन्जबाट अाएकाे एक समूह भने चिसाे भुइमा रात बिताइरहेकाे छ । उनीहरु महिलामाथि हुने हिंसा र महिला हत्याका घटनामा न्याय माग्न माइतीघरमा धर्नामा बसेका हुन । 

बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण पछि हत्या भएको घटनामा अनुसन्धानकाे माग गर्दै नेपालगन्जबाट ११ महिला ३ पुरुष गरि १४ जनाकाे समूह  धर्नामा बसेकाे धेरै भयाे । २० दिन पैदलै हिँडेर नेपालगन्जबाट काठमाडौं आइपुगेका यस टोलीको नेतृत्व रुबी खानले गरेकी छन् । 
गएको श्रावण ५ गते बाँकेमा नन्कुनी धोवीको संकास्पद मृत्यु भएको थियाे । त्रयसैगरी गत माघमा बाँकेकै निर्मला कुर्मीको अपहरण तथा दुइ छोराहरुको हत्या भएको आसंका अधिकारकर्मीहरुको छ।
धर्नामा बसेका सियाराम धोवी भन्छन्, ‘माग पूरा नभएसम्म हामी फर्कदैनाै । हाम्राे कुरामा न त सरकारले चसो दिएको छ, न त अरु कसैले। केही मनकारी सामाजिक संस्थाले खाना र बस्ने ब्यबस्था गरि दिएका छन । तर अस्थायी बसाेवास छ । आज कहाँ बस्ने थाहा छैन। साँझ ४ नबज्दै प्रहरीले हामीलाई यहाँबाट हट्न भनिहाल्छ।’ अाफू नजिकै पैतालाको छाला समेत उप्किएकी एक महिलाइ देखाउदै धाेवीले थपे, ‘उहाँ हाम्रो अग्रज दिदी रुवी खान हुनुहुन्छ । हामी यहाँ धर्ना दिएको दोश्रो दिन भदौ २३ गते यहिबाट प्रहरीले उहाँलाई बलजफ्ती पक्राउ गरेको हो। नेपालगञ्जबाट २० दिन लगातार हिडेर काठमाडौँ पुग्दा सबैको पैतालाको छला उप्किएको छ । त्यस दिन रुवी दिदीको पैतालाबाट रगत बगिरहेको थियो। अकस्मात प्रहरीले उहाँलाई धर्ना बसेकै स्थान माइतीघरबाट गाडीमा हालेर लग्यो । खान हातमा थियो, नमाज पढेर खान ठिक्क पर्दा पक्राउ गर्यो। खान पनि दिएन । रगत बगेको खुट्टामा ब्यान्डेज गर्नु पर्ने हामीले आवाज उठाएका थियौ तर हामीलाई भेट्न दिइएन। ’

उनी थप्छन, `हामी मात्र दुई बिषयमा यहाँ आएका होइनाैं । नेपालगञ्जमा धनी र पहुँच हुनेहरुबाट महिला हिंंसा र हत्या हुने गरेका घटना धेरै छन्। हामीले माग गरेका बिषयमा पीडितलाई न्याय र दोषीलाई कारवाही गरौँ सक्यौ भने समग्र गरिव उत्पीडित महिलाले न्याय पाउने छन्। कानुन छ तर न्याय माग्न जाँदा निवेदन नै दर्ता गरिदैन । रद्दीको टोकरीमा फ्याकियो नकुन्नी धोबीको संकास्पद मृत्यु घटनाकाे केस । धेरैपछि मात्रै जाहेरी दर्ता भयाे । भाद्र २२ गते मात्रै बल्ल नकुन्नीका श्रीमान राम कुमार धोवी, इत्वरी धोवी छितु प्रधानलाई प्रहरीले हिरासतमा राखेको छ ।’
उनलाई भाद्र २३ गते काठमाडौँबाट पक्राउ गरी नेपालगञ्ज पठाएको हाे । तर, उनी बिहीबारै छुटिसकेकी छन्। प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको सर्वोच्च अदालतले ठहर गर्याे । तर, याे अादेशप्रति धर्नाकारीकाे विल्कुलै चित्त बुझाई छैन । रुबीविरुद्ध त बहुविवाहको जाहेरी देखाएर प्रहरीले उल्टै उनलाई पक्राउ गर्याे ।  तर, रुबीले आफूले पहिलेका श्रीमान्‌सँग कानुन अनुसार सम्बन्ध विच्छेद गरिसकेपछि मात्रै अर्को विवाह गरेको बताएकी छन्। जाहेरी पर्नुअघि नै बाँके जिल्ला अदालतबाट रुबी र उनका श्रीमानबीच सम्बन्धविच्छेदको प्रमाणीकरण भइसकेको थियो । आफैंले सम्बन्ध विच्छेद प्रमाणीकरण गरेको भए पनि त्यसविपरीत हुने गरी बाँके जिल्ला न्यायाधीशले पक्राउ पूर्जी जारी गरेका थिए ।
बाँके जिल्ला अदालतको यस्तो कार्यलाई सर्वोच्च अदालतले न्यायिक मनको प्रयोग नभएको रूपमा लिएको छ ।

Loading...