रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार गएराति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ […]
मुख्य समाचार
अंकारामा आजदेखि सुरु भयो नेटो शिखर सम्मेलन
काठमाडौँ । टर्कीको राजधानी अंकारामा मंगलबारदेखि दुईदिने नेटो शिखर सम्मेलन सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन पुनः दबाब दिइरहेका बेला सम्मेलन सुरु भएको हो । त्यसको जवाफस्वरूप युरोपेली देशहरूले अर्बौं डलर बराबरका नयाँ सैन्य सम्झौताहरू घोषणा गर्ने अपेक्षा गरिएको छ । गत वर्षको नेटो शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले […]
वित्तीय प्रणालीमा अधिक तरलता, बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर थप घट्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई थप साँघुरो बनाउँदै लगेको जनाएको छ। ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबिचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बिचमा कायम गर्ने उद्देश्य राष्ट्र बैंकले लिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता […]
देउवाका छोरा जयविरलाई सात दिन भित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्र
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर देउवालाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्र काटेको छ। सोमबार विभागका अधिकारीहरूले बुढानिलकण्ठ नगरपालिका-२ स्थित भत्काउँदै गरेको निवास बाहिर सूचना टाँस गरिएको हो। योसँगै जयविरमाथि पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरू भएको हो। जयविरलाई ७ दिनभित्र विभागको कार्यालय हरिहरभवन ललितपुरमा उपस्थित हुन पत्र लेखिएको छ। उपस्थित नभएमा कानुन बमोजिम अघि […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ। मधेस र […]
राष्ट्रिय सभा बैठक बस्दै, ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७ औँ बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले अपराह्न १२:१५ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न नौ मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। आजको व्यवस्थापन कार्यअन्तर्गत ‘विनियोजन विधेयक, […]
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
तेहरान । इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ। आइतबार राजधानी तेहरानमा आयोजित शोक सभामा हजारौँ नागरिक र सरकारका उच्च अधिकारीहरू सहभागी भएका छन्। सो कार्यक्रममा दिवंगत खामेनीका अन्य तीन छोराहरू मसुद, मोस्तफा र मेइशमका साथै राष्ट्रपति मसुद पेजेस्कियान र रिभोलुसनरी गार्डका प्रमुख अहमद वाहिदी उपस्थित थिए। यद्यपि, इरानका नयाँ सर्वोच्च […]
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र […]
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१ औं बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले बिहान ११ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेस हुनेछन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला […]
डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक जनाको मृत्यु, ६ जना घाइते
डोल्पा । डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विककाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो । बाढीमा परेर घाइते […]










