सरकारले तयार गर्यो बेल्ट एण्ड रोड इनिसियटिभका लागि दर्जन प्रस्ताव तयार

काठमाडौँ, २ पुस । छिमेकी मुलुक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ। चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण लाइन एवम् सञ्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो। चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल सरकार सहमत भइसकेकाले दुवै मुलुकको स्वार्थ […]

२६ वर्षदेखि वीरका भिभिआइपी क्याबिन किन ‍छन खाली

काठमाडौं । खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरुम, भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ । सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा, बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्ट्याइएको छ । कुनै सुविधाको कमी छैन […]

हारिसकेपछि पनि सरकारमै बसेको भन्दै देउवालार्इ सरकार छाड्न ओलीको चेतावनी

भक्तपुर, १ पुस । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाड्न चेतावनी दिएका छन् । उनले नयाँ जनमतकाे परिणाम अाइसकेकाे बताउँदै हारिसकेपछि पनि सरकारमै टाँसिन खाेज्नु प्रजातन्त्रवादी भन्नेका लागि कदापी बान्छनीय नभएकाे बताए । उनले तत्काल नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न देउवालार्इ चेतावनी दिए । अाफ्नै निवास […]

समानुपातिक सांसद पाउन एक निर्माण व्यवसायीले प्रचण्डलार्इ घर नै दिएको आरोप

काठमाडाैं, १ पुस । नेपालमा संसदीय फाेहाेरी राजनीतिका बारेमा चर्चा परिचर्चा धेरै हुने गरेका छन् । कराेडाै रुपैयाँकाे सुटकेश नेताकाे घरमा पुर्याएर सभासद/सांसद हुनेहरुका चर्चा पटक पटक चल्ने गर्दछन् । साथै सरकार ढाल्न र बनाउन पनि सांसदहरुकाे किनबेच हुने गरेकाे उदाहरण नेपालकाे इतिहासमा धेरै छन् । यसपटक फेरि त्यस्तै खेल हुन लागेकाे चर्चा छ । […]

अनेक हल्ला चलिरहँदा प्रचण्ड ओलीले गरे यस्तो सहमति

काठमाडाैं, १ पुस । पार्टी एकता गर्ने उद्घाेषसहित निर्वाचनमा सहभागी भर्इ बहुमत हासिल गरेका वामगठबन्धनका दुर्इ प्रमुख नेताबीच नयाँ सहमति भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चलाइएका थुप्रै हल्लालार्इ चिर्न याे सहमति गरेकाे बताइएकाे छ । चुनावी परिणाम अाए लगत्तै खासगरी नेकपा एमालेका तर्फबाट साे […]

यसरी जिताइएको रहेछ गच्छेदारलाई, भगवती चौधरी भन्छिन, अन्तराष्ट्रिय अदालत जान्छु

काठमाडौं, पुस १ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छेदारसँग पराजित उम्मेदवार भगवती चौधरीले निर्वाचन परिणाम अस्वीकार गरेकी छन् सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चौधरीले षडयन्त्रपूर्वक गच्छेदारलाई जिताउने र आफूलाई हराउने काम भएको भन्दै परिणाम स्वीकार नगर्ने बताईन् । मत परिणाम सार्वजनिक भए लगत्तै उनले इटहरीमा पत्रकार सम्मेलन गरेर गच्छेदारले […]

चुनाव हारेपछि पहिलो पटक एकै ठाउँमा कांग्रेस नेताहरु

काठमाडौं, पुस १ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्। देउवानिकट नेता बालकृष्ण खाँणले सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको […]

झाँक्रीले बोक्सी भनेपछि ढेगनीदेवीको यसरी गरिएको थियो बिभत्स हत्या

चितवन, पुस १ । सर्वोच्च अदालतले चितवनको बघौडामा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको हत्या झाँक्रीकै कारण भएको ठहर गरेको छ । यसै हप्ता पूर्ण फैसला गर्दै सर्वोच्चले यस्तो फैसाला गरेको हो । फैसलामा ‘धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसको आडमा शोषण गरिरहेको बताइएको छ । बोक्सी प्रथामात्रै होइन, त्यसको कारकका रूपमा रहेको […]

समानुपातिकमा नेपाली काँग्रेस बन्याे पहिलो पार्टी

विराटनगर, २९ मंसिर । प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा(एमाले)ले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा(माओवादी केन्द्र)ले ४४ हजार ९५१ […]

मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

काठमाडौँ, २९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् […]