काठमाडौ, ८ चैत । तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ? यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दीभन्दा बढी भएका […]
मुख्य विशेष
आफ्नै विद्यार्थी बलात्कार गर्ने ‘हेड मास्टर’माथि नेकपाले यसरी गर्यो कारवाही !
काठमाडौं, ७ चैत । आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ । रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द खत्रीमाथि नेकपाले कारवाही गरेको हो । सोहि विद्यालयमा ८ मा अध्ययनरत १४ बर्षिया छात्रालाई खत्रीले पटकपटक बलात्कार गरेको भन्दै कालोमोसो दलेको छ भने भौतिक कारवाही समेत गरेको […]
अन्ततः दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ
काठमाडौं, ६ चैत । दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेस कार्कीलाई दरबारमार्गबाटै पक्राउ गरेको हो। रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो । घटनालगत्तै प्रहरीले उनीहरुको ब्यापक खोजि […]
फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी !
एजेन्सी, ६ चैत । सामाजिक संजाल फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको आशंकापछि विश्वभर तिब्र प्रतिक्रिया आएको छ । यस विषयमा अमेरिका र विभिन्न यूरोपेली मुलकहरुले फेसबुकको गोपनियताका सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेका प्रवक्ताले आरोपलाई निकै गम्भीर भनेका छन् । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गर्दै […]
आज दिन र रात बराबर हुने, थाहा पाउनुहोस् यस्तो छ कारण
काठमाडौं, ६ चैत । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो […]
स्थानीय तहलाई बजेट: कोषमा नगद दिने व्यवस्था खारेज हुँदै
काठमाडौं, ६ चैत । स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ । मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोष्मा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ पठाईदिएको छ । चालु आर्थिक बर्षको सुरुकै दिन साउन १ मा स्थानीय तहका […]
सुबिधा नपाएको भन्दै उपमेयर रेणुको यस्तो लाजमर्दो चर्तिकला
काठमाडौं, ६ चैत । आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेकी हुन । नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न विवादमा मेयर ज्ञानकुमार मण्डलले आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै उपमेयरको सहमति आवश्यक नरहेको भनिदिएपछि उनी अधिकार खोज्दै अनशन […]
इतिहास रच्न सफल नेपाली क्रिकेट टोलीलाई एयरपोर्टमा भव्य स्वागत
काठमाडौं, ५ चैत । नेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता दिलाएर घर फर्केका नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरिएको हो । टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, क्यानका पूर्वसीइओ […]
मन्त्री बनाउनुपर्ने भन्दै रेणु र राजेन्द्रले ‘बबण्डर’ मच्चाएपछि
काठमाडौं, ५ चैत। प्रचण्ड गठबन्धनको केपी ओली सरकारमा सहभागी हुन अन्तिम तयारी भइरहेका रहेका बेला संघीय समाजवादी फोरम नेपालभित्र मन्त्री पदका लागि बबण्डर सुरु भएको छ । मन्त्री पदका लागि समानुपातिक सांसदद्वय रेणु यादव र राजेन्द्र श्रेष्ठले पार्टीभित्र बबण्डर मच्चाएपछि आन्तरिक कलहलाई साम्य पार्न अध्यक्ष उपेन्द्र यादवले नयाँ जुक्ति निकालेका छन् । त्यो जुक्ति हो तत्काल […]
भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित
काठमाडौं, ५ चैत । रुसमा फेरि एक पटक भ्लादिमिर पुटिन राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसपाली पुटिनको कार्यकाल ६ बर्षको हुनेछ । हिजो भएको राष्ट्रपति निर्वाचनमा पुटिनलाई ७६ प्रतिशत मत मिलेको छ । विपक्षी नेता अलेक्सई नवालनीलाई प्रतिबन्ध गरिएको थियो । उनका प्रतिष्पर्धी पावेल ग्रुडिनिनले १२ प्रतिशत मत पाएका छन् । यो जितसँगै यो शताब्दिका […]











