देशमा रक्तपात बढेर आफ्नो ज्यानमाथि नै खतरा आउने देखेपछि राजिनामा दिएको मोरालेसको दावी

विपक्षी पार्टीले लामो समयदेखि लगातार हिंसात्मक प्रदर्शन गरेर विरोध जनाएपछि राजिनामा दिएर राजनीतिक शरणका लागि मेक्सिको पुगेका बोलिभियाका पूर्व राष्ट्रपति एभो मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएको बताएका छन् । उनले देशमा आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएपछि मेक्सिकोमा राजनीतिक शरण लिन बाध्य भएको बताएका छन् । मेक्सिकोमा अहिलेका लागि राजनीतिक शरण लिन पुगे […]

राष्ट्रपति हमिदसँग अध्यक्ष दाहालको भेट

काठमाडौँ, २७ कात्तिक । चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले आज शिष्टाचार भेट गरेका छन । भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र […]

पहाड–मधेशका धेरै विद्यार्थी संस्कृत पढ्न मटिहानीमा

महोत्तरी, २७ कात्तिक । संस्कृत शिक्षा पढ्ने चाहले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थीको महोत्तरीको मटिहानीमा बाक्लो उपस्थिति छ । मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा पढ्न आउने विकट पहाडी जिल्लाका विद्यार्थीको आत्मीय व्यवहारले पहाड–मधेश सम्बन्ध प्रगाढ बनाउन सहयोग गरेको यहाँका बासिन्दा बताउँछन् । संस्कृत शिक्षा पढ्न पहाडबाट झरेका विद्यार्थी अनुशासित, सहृदयी र मिहिनेती […]

मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा

जाजरकोट, २६ कात्तिक । जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । विभिन्न प्रजातिका रैथाने मौरीहरूको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुग्नुभएको हो । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत […]

रौतहटमा अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण

रौतहट, २६ कार्तिक । रौतहटको एक प्रहरी चौकीमा अज्ञात समूहले वम विष्फोट गराएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो । अज्ञात समूहले गराएको वम विष्फोटबाट ड्यूटीमा रहेका एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवाल रञ्जित यादव रहेको बताइएको छ । वम विष्फोट हुँदा उनी सेन्ट्री […]

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना: १४ वर्ष बित्दा पनि ६० प्रतिशत मात्र काम

राँझा, २६ कात्तिक । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको […]

यूट्यूवमा भाइरल बनेका अघोर बाबाकी श्रीमती पक्राउ, पछि-पछि प्रहरी चौकी पुगे अघोर बाबा

काठमाडौं, २५ कार्तिक । युट्यूवमा अघोरीबाबा भनेर भाइरल भएका बाबाकी नव दुलही शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लामो समयदेखि बसोवास गर्दै आएका अघोरी मृत्युञ्जय बाबा भनेर चिनाउने बाबाले केही महिना अघि मात्र विवाह गरेको आफै सार्वजनिक गरेका थिए । अमेरिकाको बसाई त्यागेर नेपाल आई घरबार सबै त्यागेका बाबासँग विवाह गरेर […]

लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा तत्काल बनाएर सार्वजनिक गर्न र पाठ्यक्रममै राख्न सरकारलाई निर्देशन

काठमाडौं, २५ कार्तिक । संघीय संसदको राज्य व्यवस्था समितिले सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यसैगरी समितिले नयाँ नक्सालाई पाठ्यक्रमहरुमा समेत सुधार गरेर राख्न पनि निर्देशन दिएको छ । आज सोमवार सिंहदरवारमा बसेको बैठकमा व्यापक छलफल गरी समितिले यस्तो निर्देशन दिएको हो । सो बैठकले […]

सत्तारुढ नेकपाको बैठक बालुवाटारमा सुरु, को को फेरिएलान मन्त्रीपरिषदमा

काठमाडौं, २५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुन लागेको आजको बैठकले केही मन्त्रीहरु हेरफेर गर्नेबारेमा पनि छलफल हुने बताइएको छ । यसअघि यसै विषयमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य छलफल समेत गरेकोले आजको पार्टीको बैठकमा यो विषयमा […]

अमेरिकी रिपोर्टप्रति विप्लवले दिए कडा प्रतिक्रिया, अमेरिकाले नेपालमा राजनैतिक अपराध गरेको दावी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका छन् । विश्वभर चलिरहेका अशान्ति, युद्ध, विध्वंश, आतंक र नरसंहारको संरक्षक मात्र नभई त्यसको सञ्चालक र स्रोत समेत अमेरिका भएको दावी पनि विप्लवले गरेका छन् । उनले वास्तविक शान्ति, मानवता, स्वतन्त्रता, स्वाधीनता एवं परिवर्तनका वाहक शक्ति, श्रमिक जनता, कम्युनिस्ट […]