बालुवाटारपछि उदयपुरमा शक्तिशाली बम विष्फोट, का‌ंग्रेस उम्मेदवार कार्की गम्भीर घाइते

उदयपुर, १३ मंसिर । उदयपुरकाे कटारी नजिकै पर्ने दनुवार बेंसीमा वम विष्फाेटमा परी नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । नेपालटार बजारमा आयोजना गरिएकाे आमसभामा सहभागी जाँदै गर्दा कार्की चढेकाे गाडी सडक मुनि बिच्छ्याइएकाे एम्बुसमा पर्दा कार्कीसहित चार जना घाइते भएका हुन् । बिहान करिब साढे १० बजेतिर भएकाे विष्फाेटबाट घाइते भएका […]

फिस्लिङमा यात्रुवाहक बस ट्रकसँग ठोक्किएर त्रिशुलीमा खस्दा ७ को मृत्यु

काठमाडौँ, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको यात्रुवाहक बस त्रिशुली नदीमा खसेकाे छ । चितवनको फिस्लिङमा भएकाे दुर्घटनामा परी अहिलेसम्म मृत्यु हुनेकाे सङ्ख्या ७ पुगेकाे छ । लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएकाे छ । मृत्यु भएका मध्ये ५ जना पुरुष र २ जना महिला रहेकाे चितवनका […]

राती राती वाम गठबन्धनका झण्डा, ब्यानर च्यातेर फाल्दै गरेका प्रहरी टोली रङ्गेहात पक्राउ

बर्दिया, १३ मंसिर । बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८ जुरैना गाउँमा मध्यरातमा वाम गठबन्धनको झन्डा निकाल्दै फाल्दै गर्दा एकजना प्रहरी जवान र अन्य म्यादी […]

सिमिटकोट विमान दुर्घटनाको थप अपडेट : टाउकोमा गम्भीर चोट लागेका सुरक्षाकर्मीलार्इ नेपालगञ्ज लगियो

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा दुर्घटना परेकाे बिमानमा रहेका ६ जना गम्भीर घाइते भएका छन् । तारा एयरको ‘नाइन–एनएबिएम’ कलसाइनको ट्वीनअटर विमान सिमकोट विमानस्थलमा आज बिहान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियाे । विमानमा चालकदलका तीनजना र १३ जना सुरक्षाकर्मी थिए । उनीहरूमध्ये चालकदलका तीनसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल […]

निर्वाचनमा खटिएका प्रहरी बोकेको तारा एयरको जहाज सिमिकोटमा दुर्घटना

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा तारा एयरको जहाज दुर्घटनामा परेकाे छ । १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा खटिएका प्रहरीहरु लिएर अाउदै गरेकाे तारा एयरकाे जहाज दुर्घटनामा परेकाे हाे । मंगलबार बिहान सिमिकाेटबाट सुर्खेतका लागि उड्नै लाग्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनाबाट पाइलटसहित पाँचजना घाइते […]

कांग्रेस नेता सिटौलाको घरमा मध्यरातमा बम विष्फोट, घरमै रहेका सिटौला सकुशल

झापा, १२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फाेट भएकाे छ । झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा गए राति करिव १ बजेतिर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ। झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका सिटौला बम विष्फाेटका बेला घरमै बसेका थिए। घरकाे पछाडि […]

रुकुममा एजेन्ट बनेका युवक र महिलाले एसिड खन्याएर जलाए मतपेटिका

रुकुम, १० मंसिर । रुकुमकाे एक मतदान केन्द्रमा दलकाे एजेन्ट बसेका व्यक्तिले नै मतपेटिकामा एसिड खन्याएर निर्वाचन स्थगित गराएका छन् । पश्चिम रुकुमको आठवीसकोट नगरपालिका वार्ड नं. ११ मा रहेकाे मतदान केन्द्रमा यस्ताे घटना घटेकाे हाे । अाठबीसकाेटकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको (ख) मतदान केन्द्रमा केशव खड्का नाम गरेका व्यक्तिले मतपेटिकामा एसिड खन्याएर नष्ट गरेका […]

पृतनापति र एआइजीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्दा पनि थवाङमा खस्यो न्यून मत

राेल्पा, १० मंसिर । राेल्पाकाे थवाङ यसपटककाे निर्वाचनमा पनि धेरैकाे चासाेकाे केन्द्र बन्याे । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि अाज भएकाे मतदानमा धेरैले थवाङमा के हुन्छ भनेर नजर लगाइरहे । थवाङले पहिले जस्तै शुन्य मतदान गर्छ कि गएकाे स्थानीय निर्वाचनकै जस्ताे हुन्छ भनेर चासाे थियाे धेरैकाे । यसपटक पनि थवाङले यसअघिकाे जस्तै अाफ्नाे […]

मालकोटमा शुन्य मतदान ! निर्वाचन टोली तीन बजे नै मतदान केन्द्र छोडेर उठ्यो

कालिकाेट, १० मंसिर । कालिकाेटकाे मालकाेटमा गाेली हानाहान हुन थालेपछि निर्वाचन टाेली दिउसै फर्केकाे छ । मालकाेटकाे सल्लारुख गाउँ नजिकै राखिएकाे बुथबाट निर्वाचनका लागि खटिएका कर्मचारी, म्यादी प्रहरीसहितकाे सुरक्षाकर्मी टाेली दिउसाे तीन बजे नै फर्केकाे बताइएकाे छ । दिउसाे तीन बजेसम्म कुर्दा पनि मतदान गर्न काेही नअाएपछि मतदान केन्द्रमा रहेका कर्मचारी र सुरक्षाकर्मीकाे टाेली दिउसै […]

कालिकोटको मालकोटमा दाेहाेराे गाेली हानाहान

कालिकाेट, १० मंसिर । कालिकाेटकाे माल्काेटमा दाेहाेराे गाेली हानाहान भएकाे छ । मालकाेटकाे नन्दादेवी मावि सेरापाटा नजिकै गाेली हानाहान भएकाे हाे ।  केही दिनदेखि निकै तनावग्रस्त बनेकाे साे ठाउँमा अाज मतदानका दिन प्रहरी र केही अन्य व्यक्तिहरुबीच गाेली हानाहान नै भएकाे बताइएकाे छ। प्रहरीसँग गाेली हानाहान कसले गरेकाे हाे भन्नेबारे केही एकिन नभएकाे तर साे […]