निर्वाचनमा खटिएका प्रहरी बोकेको तारा एयरको जहाज सिमिकोटमा दुर्घटना

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा तारा एयरको जहाज दुर्घटनामा परेकाे छ ।

१० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा खटिएका प्रहरीहरु लिएर अाउदै गरेकाे तारा एयरकाे जहाज दुर्घटनामा परेकाे हाे । मंगलबार बिहान सिमिकाेटबाट सुर्खेतका लागि उड्नै लाग्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो ।

दुर्घटनाबाट पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइते मध्ये तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी र दुर्इ जना विमानकै स्टाप रहेको बताइएकाे छ । घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था हेरी सुर्खेत या नेपालगञ्ज लैजाने तयारी भइरहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ । दुर्घटनामा परेको विमानको अगाडिको भागमा पूरै क्षतिग्रस्त भएको छ । दुर्घटनाको थप विरण आउन बाँकी छ ।

Loading...