काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था विभागले ३ भदौ २०८२ मा जारी गरेको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो । त्यतिबेला भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने […]
फ्लास न्यूज
वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ जना पक्राउ
पर्सा । जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो । पर्सा […]
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु
काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न स्थानीयले बताएका छन् । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै […]
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १७१ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार […]
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
काठमाडौं । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प गएको छ । आज बिहान २ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन भएको छ । भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्दछ । सो भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पले […]
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ […]
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा […]
खेल बहिष्कारको निर्णय फिर्ता, क्रिकेटप्रेमीले भारत–पाकिस्तान भिडन्त हेर्न पाउने
मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय अन्ततः फिर्ता भएको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकपमा भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा कोलम्बोमा आमनेसामने हुने भएका छन्। पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा हालसम्म प्राप्त कूटनीतिक उपलब्धि र मित्र राष्ट्रहरूको आग्रहलाई ध्यानमा राख्दै भारतविरुद्ध खेल्न टोलीलाई […]
धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा सोमबार उनको निधन भएको हो । उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।
धनकुटाका स्वतन्त्र उम्मेदवार तामाङसँग लिखित स्पष्टीकरण माग
धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटाबाट स्वतन्त्रतर्फ उम्मेदवारी दिएका लाक्पा तामाङसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले लिखित स्पष्टीकरण माग गरेको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको तामाङको अभिव्यक्तिलाई लिएर उजुरी परेपछि कार्यालयले सो विषयमा प्रक्रिया अघि बढाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिमा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि […]











