सरकार र शिक्षकबीचको वार्तामा आज पनि जुटेन सहमति

काठमाडौ । सरकार र शिक्षकबीच मंगलबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा रातिसम्म चलेको छलफलबाट कुनै ठोस सहमति जुट्न सकेन। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तामा उपप्रधान तथा अर्थमन्त्री र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। तर वार्ताले फेरि पनि समाधानको बाटो खोल्न सकेन। यसअघि सोमबार साँझ पनि वार्ता भएको थियो। त्यसपछि […]

सहमति नजिक शिक्षक र सरकार, स्वरुप फेर्ने तर आन्दोलन नरोक्ने महासंघको अडान

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार राति भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेसंगै मंगलबार निर्णयक वार्ता हुने भएको छ । केही तयारी बाँकी रहेकाले पूर्ण सहमति नभए पनि दुवै पक्ष सहमतिनजिक पुगेका छन्। शिक्षामन्त्री रघुजी पन्त र महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीबीच भएको वार्तामा मंगलबार निर्णायक टुंगो लगाउने सहमति […]

सेवाघरमा आश्रितसंग दु:ख साट्दै दिपशिखाले मनाए जन्मदिन

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुसंग दु:ख साट्दै आफ्नो जन्मदिन मनाएका छन् । उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन स-प्रेम अर्पण गर्दै उनले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् । भक्तपुरको मध्यपुर थिमि-३ का स्थायीबासी बनिसकेका दिपशिखा र उनकी पत्नी गाेमा आलेले भक्तपुरकै चाँगुनारायण-३ […]

हल्दीराम भुजिया मसला बिना लेवल बजारमा

काठमाडौ । डीभी ग्रुप अफ कम्पनीजअन्तर्गत सञ्चालित एफएमसीजी इम्पोर्ट एण्ड डिस्ट्रीब्युसन कम्पनी विश्वनाथ ट्रेड हाउसले (लेवल)  नराखी खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हालैको अनुगमनमा विश्वनाथ ट्रेड हाउसले हल्दीराम भुजिया मसला बिना लेवल बजारमा विक्री गरेको भेटिएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ […]

मध्यपुर थिमिको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि ब्लड बैंक

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकको पारिश्रमिक सम्बन्धी सरकारी निर्णय अविलम्ब कार्यान्वयन गर्न चेतावनी दिएका छन् । भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव समारोहमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रले चिकित्सकहरूको अधिकार नमान्दा सरकारबाट कुनै सहयोग नपाउने स्पष्ट पारेका हुन्  । “स्वास्थ्य मन्त्रालयले आवासीय चिकित्सकलाई मासिक […]

शिक्षक आन्दोलनको क्रममा घाइते पत्रकारको तत्काल उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलनको रिपोटिङका क्रममा आइतबार बानेश्वरमा घाइते भएकी पत्रकार सबिना कार्कीलाई तत्काल उद्धार गरी थप उपचारका लागि नजिकको अस्पताल पुर्‍याउन सहयोग गर्ने जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गत मालीगाउँमा कार्यरत प्रहरी सहायक हवल्दार (प्र.स.ह.) तारा बहादुर घर्तीलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौले उनलाई पुरस्कार सहित सम्मान गरिएको […]

पूर्वमन्त्री बस्नेतको गुनासो- युवापुस्ता समाज हेरेर होइन, सामाजिक सञ्जाल हेरेर धारणा बनाउँछन्

ललिता साह, भक्तपुर । देशको अर्थतन्त्र मजबुत बनाउन पर्यटन र युवा उद्यमजस्ता व्यवसायिक क्षेत्रहरूमा योजना र लगानी अपरिहार्य रहेको नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताएका छन्। सूर्यविनायक नगरपालिका वडा नं ७ को कार्यालय र राष्ट्रिय युवा परिषद्को संयुक्त लागत साझेदारीमा आयोजित “युवा मार्गदर्शन तथा मनोसामाजिक परामर्शसहित युवाका सीपमा आधारित मोटर ड्राइभिङ्ग एकदिने […]

सरकार बिरुद्ध सहकारी पीडितको अर्धनग्न प्रदर्शन

लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न प्रदर्शन गर्दै सरकारको उदासीनताविरुद्ध आक्रोश पोखेका छन्। काला वस्त्रले शरीरको केही भाग मात्र छोपेर सडकमा उत्रिएका पीडितहरूले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। सरकार र सम्बन्धित निकायहरूले बारम्बार आफ्ना आवाज उपेक्षा गरेकोले यस्तो प्रदर्शन गर्नुपरेको उनीहरूले प्रष्ट पारे । प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न मागहरू […]

निर्देशक खानमाथि अभिनेत्रीको यस्तो आरोप

न्यूजकारखाना, मुम्बई । बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् । हालै  ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी छन्।  अभिनेत्रीले साजिदलाई ‘फोहोरी मान्छे’ भनेकी छिन् र उनले फिल्म उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर धेरै महिलाको अपमान गरेको बताइन् । बोलेले […]

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो । पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम […]