पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् । उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेका हुन् ।
फ्लास न्यूज
उम्मेदवार मनोनयन दर्ता आज, हुनेछन् यी कागजात अनिवार्य
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय […]
कांग्रेस विवाद : निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको रिटमा आज पेसी
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । आइतबार रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेसी मंगलबारको लागि तोकेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । रिटको पेसी आइतबारका लागि नै तोक्नका […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो […]
नुवाकोट–१ बाट प्रकाशशरण र २ मा जगदीश्वरनरसिंह केसीलाई कांग्रेसले बनायो उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् । सोही क्रममा कांग्रेसले नुवाकोट–१ मा महतलाई उम्मेदवार बनाएको हो । गत निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा माओवादी केन्द्रका हित बहादुर […]
रास्वपा तेह्रथुममा उम्मेदवार छनौटमा असन्तुष्टि, जिल्लादेखि वडासम्म सबैले दिए सामूहिक राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्लाका जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटीका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। रास्वपाले ऋतुराज लिम्बूलाई तेह्रथुममा उठाउने भएको छ। राजीनामा पत्रमा उल्लेख गरिएको छ, ‘भदौ २३ र २४ गते सम्पन्न जेनजी जनआन्दोलनपछि मुलुकले नयाँ राजनीतिक […]
अन्तिम समयमा ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् । अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् । नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले नेता पोखरेलले मङ्गलवार २ मनोनयन दर्ता गर्ने जानकारी दिए । यसअघि पोखरेललाई अध्यक्ष ओलीले टिकट नदिएको भन्दै आलोचना भएको […]
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका हुन् । खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । […]
म जेल जानु परे पनि चिन्ता छैन, अब बालेनले देश बनाउँछ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताएका छन् । देशले बालेन पाएकाले आफू जेल गए पनि फरक नपर्ने उनको भनाइ छ । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् । ‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टमार […]
कार्यक्रममा सहभागी भएकै अवस्थामा दुर्गा प्रसाईं पोखराबाट पक्राउ
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् । कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले […]











