ईश्वर पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार

काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताए ।उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ […]

ओलीले टुंगो लगाए आफ्नो प्यानलबाट पदाधिकारीको टीम, ज्ञवाली र भट्ट असन्तुष्ट

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले भने असन्तुष्टि व्यक्त गरेका छन्। नेताहरु नेता प्रदीप ज्ञवाली र लेखराज भट्टले असन्तुष्टि जनाएका हुन् । स्रोतका […]

ओलीका खास भनिएका नेताहरूले छोडे साथ, पोखरेल पक्षबाट उम्मेदवार बन्ने

काठमाडौ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै ईश्वर पोखरेल मैदानमा उत्रिएपछि पार्टीभित्र दुई समूह पदाधिकारीको उम्मेदवार टुंग्याउन ब्यस्त छन्। केही पदमा उम्मेदवार टुंगो लागिसके पनि केही पदमा उनीहरू अझै कसरत गरिरहेका छन्। यसैबीच, ओलीका कट्टर समर्थक मानिएका नेताहरू नै अहिले उनलाई काउन्टर दिने तयारीमा देखिएका छन्। पूर्वमन्त्री तथा पोलिट्ब्युरो […]

एमाले महाधिवेशन : सुरु भयो चुनावी प्रक्रिया

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सकेर चुनावी प्रक्रिया सुरु भएको हो । अहिले चुनावका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण सुरु गरिएको छ । आज दिउँसो १:३० बजेसम्म उम्मेदवारहरुको दर्खास्त फारम दर्ता गर्ने कार्यक्रम छ । उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो […]

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । सोमबार पनि सुनको भाउ निरन्तर उकालो लाग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । यो नेपाली बजारमा हालसम्मकै […]

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । आइतबार स्थानीय समयअनुसार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको पार्कमा गोली चलेको थियो । प्रहरीका अनुसार मृतकमध्ये एक जना […]

दुर्गा प्रसाईंका माग सम्बाेधन गर्न सरकारले बनायो समिति, मन्त्री खरेल संयोजक

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानसँग वार्ता गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो । महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि सञ्चार तथा […]

जनताको मौलिक समस्यालाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप टेलिभिजन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको आवाज र विद्रोह समेटिएको सञ्चार माध्यम समाज परिवर्तनको प्रभावकारी हतियार हुने बताए। भक्तपुर नगरपालिकाद्वारा आयोजित टेलिभिजन सम्बन्धी क्षमता विकास तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले नगरपालिका मातहत सञ्चालित ख्वप टेलिभिजन स्थानीय सरकारद्वारा सञ्चालित देशकै पहिलो टेलिभिजन भएको दावी गर्दै यसले […]

यस्तो छ एमाले महाधिवेशन उद्घाटनमा सहभागीको वास्तविक संख्या

भक्तपुर । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको उद्घाटनमा ३ लाख नेताकार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्ने दावी अनुचित होइन । करिब ७ लाख संगठित सदस्य बनाएको बताउने एमालेले ३ लाख महाधिवेशन उद्घाटनमा आउने अपेक्षा गर्नु सामान्य नै विषय हो । प्रचार विभाग प्रमुख रहेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले शुक्रबार पत्रकार सम्मेलनमा शनिबारको उद्घाटन सत्रमा ३ लाख […]

ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा

काठमाडौं । अदालतको हस्तक्षेपपछि दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउने ई–७ भिसासम्बन्धी कार्यविधि फेरि कार्यान्वयनको बाटोमा पुगेको छ । ‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा वैदेशिक रोजगार विभागले लगाएको रोक उच्च अदालत पाटनको आदेशपछि फुकुवा भएको हो । वैदेशिक रोजगार विभागले भदौ ३१ गते एक सूचना जारी गर्दै उक्त कार्यविधिको कार्यान्वयन […]