काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिए। […]
फ्लास न्यूज
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय […]
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । लुम्बिनी प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकका मुख्य चार सम्भावित कार्यसूची छन्। बैठकमा प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलराम घर्ती मगरले सभालाई गराउने कार्यसूची छ। यसबीचमा फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दिनुपूर्व चार जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन्। […]
चुमनुव्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्दै सुदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्ने बताए । उनले भनेका छन्– ‘आजदेखि गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु, यो यात्रा कुनै पदको […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली […]
विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेज लगायतलाई बन्द गर्न सरोकारवालाको माग
काठमाडौं । विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेजलागायतलाई बन्द गरिनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष बिरेन्द्र शाहले विदेशी सम्बन्धन प्राप्त कलेजहरुले नेपालमा खुलेआम शैक्षिक शोषण गरिरहेको आरोप लगाएका छन् । ‘विदेशी […]
समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फ शुरु
भक्तपुर । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिकतर्फ कुल २ करोड ८ लाख ५४ हजार ८ सय मतपत्र छापिएको र सोमबारबाटै प्रत्यक्षतर्फको लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । छपाइस्थल भक्तपुरको सानोठिमीस्थित जनक […]
एमाले अध्यक्ष ओलीले भित्राए दुई पूर्व माओवादी
भक्तपुर । तत्कालीन नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका पूर्व अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा लामासँगै विष्णु जोशीलाई पनि पार्टी प्रवेश गराएका उनको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराउएका […]
सिरहामा पोस्टमार्टमपछि शव साटियो, अर्कै परिवारले किशोरीको दाहसंस्कार गरेपछि खुल्यो रहस्य
काठमाडौँ । सिरहामा पोस्टमार्टमपछि शव हेरफेर भएको गम्भीर घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। मृतक किशोरीको शव अर्कै परिवारले दाहसंस्कार गरेको खुलासा भएपछि घटनाले मानविक संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ। माघ १० गते शनिबार सिरहाको गोलबजार नगरपालिका–३, जम्दहकी करिब १६ वर्षीया निशा बानियाँ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय […]
स्वास्थ्य बीमामा दैनिक १० करोड माग, मापदण्ड बिपरित भुक्तानी नदिने बोर्डको चेतावनी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई मापदण्डअनुसार आवश्यक कागजातसहित मात्र भुक्तानी दाबी प्रविष्ट गर्न आग्रह गरेको छ। जथाभावी र त्रुटिपूर्ण दाबी बढेपछि बोर्डले स्वास्थ्य संस्थामै पुनरावलोकन समिति गठन गरी दाबी जाँच गर्न निर्देशन दिएको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लले दाबी विवरणमा धेरै त्रुटि देखिने भएकाले दाबी प्रविष्ट गर्नुअघि संस्थाभित्रै पुनरावलोकन अनिवार्य […]











