विराटनगर, २४ साउन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन पोलिटेक्निक इन्स्टिच्युट प्रदेशस्तरीय मनमोहन प्राविधिक विश्वविद्यालय बनाउने बताएका छन् । प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ आज सदनमा प्रस्तुत गर्दै उनले सो जानकारी दिएका छन् । मन्त्री घिमिरेले […]
शिक्षा
नगरपालिकाले दियो विद्यालयलाई ल्यापटप
ओखलढुङ्गा, २४ साउन । सिद्धिचरण नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई ल्यापटप सहयोग गरेको छ । नगरक्षेत्रभित्र रहेका १३ वटा माविलाई ल्यापटप वितरण गरेको हो ।माविका पठनपाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकास गर्ने उद्देश्यले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको नगर प्रमुख मोहनकुमार श्रेष्ठले बताए । नगरपालिकाभित्र रहेका १२ वटा माविलाई १२ थान र रुम्जाटार माविलाई चार थान […]
शिक्षक लाइसेन्सको उत्तरपुस्तिका मेशिनबाट जाँचिने, पहिलो पटक ओएमआर मेशिन प्रयोग गर्दै आयोग
भक्तपुर । शिक्षक अध्यापन अनुमति पत्रको उत्तरपुस्तिका अब मेशिनबाट नै परिक्षण हुने भएका छन् । शिक्षक सेवा आयोगले अबदेखि आयोगबाट लिइने सबै परीक्षाको वस्तुगत खण्डको उत्तर पुस्तिका मेशिनबाट जाँच्ने तयारी थालेको छ । यसको पहिलो सुरुवात भने शिक्षक लाइसेन्सको उत्तरपुस्तिकाबाट हुने बताइएको छ । अब लाईसेन्सको परीक्षाबाट आयोगले पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको […]
पुस्तक पढ्नुहोस्, तनावमुक्त हुनुहोस्
तनाव भएको बेला पुस्तक पढ्नुहोस्। बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्छ। तर पुस्तक कसरी मानसिक सन्तुलन कायम राख्न उपयोगी हुन्छ तरु तनाव बिर्सन पुस्तकले अरू चिजले भन्दा बढी सघाउँछ। बीबीसीले बिब्लियोथेरपिस्टहरू अर्थात् किताबको सहयोगले मानसिक स्वास्थ्य सन्तुलन राख्न सहयोग गर्नेहरूबीच चलाएको छलफलबाट आएका मुख्य सुझाव यस्ता छन्। तनावमुक्ति र फुर्ति […]
प्रअको कुटाइबाट विद्यार्थी घाइते
बलेवा, २४ साउन । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् । कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए। अतिरिक्त गणित विषय पढाउने […]
शिक्षक लाइसेन्सको परीक्षाको मिति तय, परीक्षा असोज ९, १० र ११ मा हुने
भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षाको मिति सार्वजनिक गरेको छ । आयोगका अनुसार प्राथमिक तहको असोज ९ गते , माध्यमिक तहको असोज १० गते र निम्न माध्यमिक तहको परीक्षा असोज ११ गते हुने भएको छ । प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाइएको छ । परीक्षा केन्द्र पछि […]
स्थानीय पाठ्यक्रम बनाउँदै महानगर
चितवन, २३ साउन । भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझव र […]
बालबालिकालाई शैक्षिक सामग्री वितरण
खलङ्गा, २३ साउन । जुम्लाका दुई हजार ४० टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । साविकको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिकाको गज्र्याङकोट, डिल्लीचौर, तातोपानी रकुडारीका टुहुरा बालबालिकाले शैक्षिक सामग्री पाएका हुन् । टुहुरा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको सामाजिक परिचालक दीपकबहादुर शाहीले बताए । आमाबाबाविहीन बालबालिकालाई लक्षित गरी गैरसरकारी संस्था किडार्क नेपाल जुम्लाले टुुहुरा बालबालिकालाई […]
शैक्षिक आकर्षणको केन्द्र बन्दै रामपुरको ‘दरैठाँटी’
बेझाड, २३ साउन । रामपुरको दरैठाँटी माविमा दरै समुदायको चिनारीका रूपमा रहेको ठाँटी भवन शैक्षिक आकर्षणको केन्द्र बनेको छ । दरै समुदायको पुरानो झ–झल्को दिन यहाँ ठाँटी निर्माण गरेपछि विद्यालय प्रवेश गर्ने बित्तिकै सबैको मन यही ठाँटीमा तानिने गर्छ । विसं २०१७ मा साविक रामपुर गाविस–३ हालको रामपुर नगरपालिका–५ को बेझाड बजारमा रहेको दरैको ठाँटी […]
एक वर्षदेखि तलब नपाएको भन्दै शिक्षकले नै गरे विद्यालयमा तालाबन्दी
जाजरकोट, २३ साउन। शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ मा रहेकाे पञ्चभयार माध्यमिक विद्यालयमा निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् । तालाबन्दीले तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ । निजी स्रोतबाट राखिएका शिक्षक रविन्द्र खत्री, मीना बुढा, इन्द्र खत्रीले एक वर्षदेखि […]










