अध्यक्ष बिजुक्छेँले गरे ३ दिने शैक्षिक प्रदर्शनीको उद्घाटन

भक्तपुर, २३ माघ । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन गरिएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहित ले उक्त प्रदर्शनी उद्घाटन गरेका हुन । बुधवार शुरु भएको प्रदर्शनी शुक्रवार सम्म सञ्चालन हुने र प्रवेश […]

पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक

भक्तपुर, २१ माघ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा भने रोक लगाएको छ ।केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको थियो । केन्द्रले लेखेको पत्रमा २०७६ मंसिर ३० केन्द्रको […]

विभिन्न बहानामा विद्यालय कर्मचारीलाई सेवाबाट नहटाउन शिक्षक महासंघको माग

काठमाडौं, २० माघ । नेपाल शिक्षक महासंघले विभिन्न बहानामा विद्यालय कर्मचारीहरुलाई सेवाबाट हटाउने काम बन्द गर्न माग गरेको छ । देशका विभिन्न स्थानमा विद्यालयहरु गाभ्ने तथा बन्द गर्ने प्रक्रिया अन्तर्गत तथा अन्य विभिन्न कारणहरु देखाउदै सेवारत विद्यालय कर्मचारीलाई जवर्जस्ती सेवाबाट वाहिर पठाइएका घट्नाहरु सार्वजनिक हुन थालेका प्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । […]

माटोको हित चिताएर काम गरौं

काठमाडौं २० माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल २८ वर्षपछि जागिरबाट निवृत्त भएका छन ।यही माघ १७ गते उमेर हदका कारण निवृत्त भएका पौडेल निजामती सेवामा २०४८ माघ १८ गते प्रवेश गरेका थिए । शाखा अधिकृतबाट सेवा शुरू गरेका पौडेल सहसचिवको रूपमा नौ वर्ष बिताएर रिटायर्ड भएका छन । सरकारले […]

छात्रामाथि कुकृत्यमा मस्त पेन्टागनका शिक्षक, कलेज प्रशासन मौन

काठमाडौं । शैक्षिक क्षेत्रमाथि हुने अन्याय, अत्याचार र ठगी विरुद्धको हाम्रो अभियान जारी छ । शैक्षिक क्षेत्रमा हुने अपराधका घट्नालाई हामीले निरन्तर पस्किरहेका छौ । लामो समयको निरन्तर अध्ययनपछि प्राप्त तथ्याङ्क र प्रमाणको आधारसहित अबको केही अंकमा हामी राजधानीमा रहेको एक शैक्षिक संस्था र त्यहाँभित्र भइरहेका शैक्षिक हिंसा र अनैतिक गतिविधिको चर्चा गर्नेछौ । राजधानीमा […]

लोकसेवा तयारी गर्नेहरु केहि समसामयिक वस्तुगत प्रश्नोत्तर

काठमाडौँ, १५ माघ । नेपालमा अहिले लोकसेवाको तयारी गर्ने हरुको संख्या ठुलो रहेको छ । विभिन्न तहमा लोकसेवाले ठुलो संख्यामा विज्ञाजन खुलाउने तयारी गरेको छ । सरकारी जागिर खाने सपना बोकेर सबैले निकै मेहेनत गरिरहेका हुन्छन ।लोकसेवा तयारी गर्नेहरु ले केहि यि वस्तुगत प्रश्नोत्तर पढ्नुहोस । १. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम […]

भूकम्प प्रभावित मनमैजु माविले पायो पुनर्निर्मित नयाँ भवन

काठमाडौं । भूकम्पले प्रभावित तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु माध्यमिक विद्यालयले नयाँ भवन पाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंले विद्यालयलाई पुनर्निर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । एक भव्य समारोहका बीच प्रमुख अतिथि एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुनर्निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् । भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री मानन्धरले सरकारले […]

विद्यालय पुनर्निर्माणपछि लक्ष्मी माविका विद्यार्थी फुरुंग, नयाँ भवनले बिर्सायो भूकम्प

गोरखा । विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा । पानी पर्दा हिलो घामलागे धूलो, बाहिर निस्केर खेल्ने ठाउँमा ढुंगा र बालुवाको पहाड। ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा यस्तै […]

बालविकास शिक्षकको योग्यता माध्यमिक तह अनिवार्य

काठमाडौं । सरकारले प्रारम्भिक बालविकास केन्द्रमा पठनपाठन गराउने शिक्षक एवं सहजकर्ताको शैक्षिक योग्यतामा माध्यमिक तह अनिवार्य गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार अबदेखि जो–कोहीले प्रारम्भिक बालकक्षामा पढाउने पाउने छैनन्। बाल विकासका शिक्षक वा सहजकर्ताको शैक्षिक योग्यता कम्तीमा माध्यमिक तहको कक्षा १० उत्तीर्ण हुनुपर्ने अनिवार्यता गरेको छ। […]

०६५ देखि ७१ सम्म प्लस टु पास नगरेकाले अन्तिम पटक मौका परीक्षा दिन पाउने

काठमाडौं । वर्षौ पहिले प्लस टु पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने भएका छन् । ११ वर्ष अगाडि प्लस टुको परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक मौका परीक्षा दिन पाउने भएका हुन् । २०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुले अन्तिम पटक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको […]