गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र बाहिरिएपछि विवाद उत्पन्न

भक्तपुर, २० मङ्सिर । पोखराको गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गराउन एमबीबीए पहिलो वर्षको पारिक्षाको प्रश्नपत्र आउट गरेको हो। आन्दोलनरत विद्यार्थीक अनुसार प्रश्नपत्र बाहिरिएपछि विद्याथी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्तिएको हो । […]

एमबिबिएसका विद्यार्थीले गरे पहिलो वर्षको परीक्षा बहिस्कार

 काठमाडौँ १९ मंसिर । पाँच मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका हुन्। चितवन, युनिभर्सल, जानकी र नेसनल मेडिकल कलेजका विद्यार्थी परीक्षा हल गएनन् भने गण्डकी मेडिकल कलेजका […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४३८ जनाका लागि रोजगारी (सूचना सहित)

काठमाडौं, १८ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी […]

मैले देखेकै छैन असम्भव भन्ने कुरा

विनिता रञ्जित प्रधानाध्यापक पञ्चकन्या आधारभूत विद्यालय, बालुवाटार, काठमाडौं   समग्र विद्यालयको बारेमा बताइदिनुस् ? यो विद्यालय २०१७ सालमा स्थापना भएको हो । तत्कालीन वडाध्यक्ष स्व. भक्तबहादुर खड्काले घरको पिँडिमा बच्चाहरु खेलेको देखेपछि यिनीहरुलाई पढाउन पर्ने रहेछ भनेर एकजना शिक्षक बोलाएर घरमै आँगनबाटै पढाउन शुरु गर्नुभएको विद्यालय हो । विद्यार्थी बढ्दै गएपछि नजिकैको वैष्णदेवी मन्दिरको पाटीमा […]

ठडियो हिमाली मावि, नयाँ भवनसँगै फर्किए विद्यार्थी

गोरखा । २०७२ सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिरानचोक–६, सान्नानी भञ्जाङ गोरखाको हिमाली माविको भवन पुननिर्माण भएको छ । ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । इकाईले जाइकाको सहयोगमा करिब ८ करोड ४४ लाख लागतको ३ तलाका दुई ब्लक सहितको […]

करारका शिक्षक हटाउन नसक्ने भन्दै पूर्वीचौकी गाउँपालिकाले स्थायी शिक्षकलाई हाजिर गराएन

डोटी । स्थानीय तहले करारमा राखेका शिक्षक हटाउन नसक्ने भन्दै स्थायी नियुक्ति पाएर सिफारिस भएका शिक्षकहरुलाई हाजिर नगराउँदा शिक्षकहरु बिचल्ली परेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ डोटीले मंसिर ८ गते स्थायी नियुक्ति दिएर ९ गते स्थानीय तहमा सिफारिस गरेर पठाएपनि स्थानीय तहले हाजिर नगराएपछि शिक्षकहरु समस्यामा परेका हुन् । इकाइले सिफारिस गरेर पठाएका […]

त्रिभुवन विश्वविद्यालय सभाद्वारा २३ अर्ब ५ करोडको बजेट पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको लागि शुक्रवार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतिद्धारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो । त्रिविले नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन […]

उपनिर्वाचनका लागि तीन दिन विद्यालयमा दिइयो सार्वजनिक विदा

पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले […]

नाङ्लो ठटाएर हात्ती तर्साउने दिन गए, बढी शुल्क असुल्नेलाई अनेरास्ववियुले कारबाही गर्छ

काठमाडौँ, ११ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक खले मेडिकल कलेजले लिएको बढी शुल्क एक हप्ताभित्र फिर्ता गरिसक्नुपर्ने बताएका छन्। मंगलबार सरकार र निजी मेडिकल कलेजका सञ्चाकहरुबीच बढी शूल्क फिर्ता गर्ने सहमति भएको भएको थियो। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै सहसंयोजक तामाङले बढी शुल्क फिर्ता भए नभएकोबारे […]

मोहन कन्या माविका प्र अ र विव्यस अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ ११ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पाको मोहन कन्या माध्यमिक विद्यालयमा भवन तथा शौचालय निर्माणका क्रममा सवा ७ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै संलग्नविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकाल, प्रधानाध्यापक दीपकप्रसाद ज्ञवाली, पूर्वप्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठ र तत्कालीन जिल्ला शिक्षा कार्यालय पाल्पाका सब–इन्जिनियर रामस्वरूप चौधरीले निर्माणका […]