तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा

८ कात्तिक । अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  विशेष सुरक्षाबलको एक समूहले दर्काद जिल्लालाई पुनः नियन्त्रणमा लिन सशस्त्र विद्रोही र तालिबान लडाकूहरु लक्षित हवाई कारबाही गरेको थियो ।सो कारबाहीमा करिब ६० जना लडाकू मारिएका थिए । ती शव छोडेर शुक्रबार बिहान […]

जापानमा १८ लाख डलरको हीरा चोरी

टोकियो, ८ कात्तिक । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए। योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा […]

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

ला पाज, ८ कात्तिक । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन । राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन भइरहेका छन् । बोलिभियाको निर्वाचन आयोगले करिब ९९ प्रतिशत मतगणना हुँदा राष्ट्रपति मोरालेस विजयी भएको घोषणा गरेको छ । मोरालेसले कूल खसेको […]

लिबियामा १६ जना विद्रोही लडाकू मारिए

त्रिपोली, ८ कात्तिक । संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन् । सरकारी सेनाले एक विज्ञप्ति प्रकाशन गरी सरकारी सेनाले अल–यारमुक क्षेत्रलाई नियन्त्रणमा लिनुका साथै विद्रोहीका हातहतियार र सवारी साधन कब्जामा लिएको जनाइएको छ । […]

नेपाल र चीनबीच अनुभव आदानप्रदान

काठमाडौँ, ७ कात्तिक । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै […]

विदेश जान छाडेर च्याउ खेतीमा

बनेपा, ७ कात्तिक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहेका छन । यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहेका उनि त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख भएका हुन । “म विद्यार्थी […]

बाघलान प्रान्तको एक जिल्ला पुनः सरकारको नियन्त्रणमा

काबुल,  ७ कात्तिक । अफगानिस्तानमा अफगान सुरक्षाबल एएनडीएसएफ ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।बाघलान प्रान्तको घोरी जिल्लामा जारी राखेको सैन्य कारबाहीको क्रममा सो जिल्ला मुक्त भएको बताइएको छ । तीन वर्ष अगाडि उक्त जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको जारी विज्ञप्तिमा जनाइएको छ । […]

अफगान तालिवानलाई चीनको निम्ता

दोहा, कतार, ६ कात्तिक । अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिवान प्रतिनिधिलाई आग्रह गरेको छ । चीनले मङ्गलबार ‘इन्टरनेशनल इनर्जी एजेन्सी’ आईईए को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक बिषयमा छलफल गर्न निमन्त्रणा गरेको हो । आईईएको नेतृत्व तालिवान नेता मुल्ला बरादार अखुन्दले गर्दे आएका छन । तालिवान समूहका […]

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

बेइजिङ, ६ कात्तिक । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउनेभएका छन । ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो । सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेका थिए भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हालेका […]

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

खोटाङ, ५ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब […]