बेरुत, १५ कात्तिक । इस्लामिक स्टेट्स आइएस समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको बिहीबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । ‘हामी तपाइँलाई एक वफादार कमाण्डरको रुपमा नियुक्त गर्दछौँ’ जिहादी समूहका प्रवक्ता अबु हमजा अल कुरैशीले बग्दादीको […]
विश्व
गम्भीर प्रकृतिको मानसिक समस्या भएका बर्सेनि दश लाख अष्ट्रेलियाली उपचार गराउँदैनन्
क्यानबेरा, १५ कात्तिक । हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ । यी मानसिक स्वास्थ्यका विरामीहरु उपचार नगराइ बस्ने गरेको रहस्य पनि सो अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रोडक्टिभीटी कमिसन नामक एक संस्थाको अनुसन्धानबाट मानसिक स्वास्थ्य सम्बन्धी समस्या […]
ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा
ब्रासिलिया, १५ कात्तिक । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन । राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन । राष्ट्रपति बोल्सोनारोले फेसबुकबाट प्रत्यक्ष प्रसारित साप्ताहिक सम्बोधनका क्रममा भने, “आज मैले मेरो कार्यकारी शक्तिको प्रयोग गरी फोल्हा अखबारको ग्राहक […]
पत्नीको सानो गल्तीले जापानमा गयो अर्का मन्त्रीको पद,
टोकियो, जापान, १४ कात्तिक । जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन । एक हप्तामा दुई जना मन्त्रीको राजीनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजीनामा दिएका हुन । जापानी साप्ताहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ वर्षीया […]
नेपाललाई लक्ष्य भेटाउनका लागि विश्व बैंक सहयोग गर्न प्रतिबद्ध
काठमाडौँ, १४ कात्तिक । आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ । विश्वका आधाभन्दा बढी राष्ट्रको प्रतिनिधित्व गर्ने उक्त बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहले आज अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त […]
हवाई कारबाहीमा छ तालिबान लडाकू मारिए
तालुकान, १४ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानीलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले बिहीबार बताए । हवाई कारबाहीमा परी अन्य पाँच लडाकू घाइते भएका छन् । यस […]
‘आत्मनिर्णयको अधिकार कार्यान्वयन होस्’
काठमाडौँ, १४ कात्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन । यहाँस्थित पाकिस्तानी राजदूतावासले आज दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उनले दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि जम्मुकाश्मिर विवादको अन्त्य अपरिहार्य भएको बताए । उनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावानुसार […]
गुडिरहेको रेलमा अचानक आगलागी हुँदा ६० को मृत्यु, ठूलो संख्यामा घाइते
एजेन्सी । कराँचीबाट लाहोर गइरहेको रेलमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको आगलागीमा अन्य ३० यात्रु घाइते भएका छन् । स्थानीय समाचार माध्यमले जनाएअनुसार तेजगाम एक्स्प्रेसको रेलमा आगलागी भएको हो। केही यात्रुले खाजा बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको रेल्वे अफिसले जनाएको छ। रेलका ३ डब्बा जलेका छन्। […]
विद्रोही समूहद्वारा ४० सरकारी सैनिक अपहरण
एजेन्सी । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरी लगेका यहाँको सेनाले जनाएको छ । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको छ । उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको छ । शनिबार बिहान जातीय युद्ध लड्दै आएका विद्रोहीको एक […]
अवैध भारतीय गाडी सञ्चालनमा
लुम्बिनी, ८ कात्तिक । वर्षभरिमा जम्मा २९ दिन नेपाल बस्न पाउने कानूनविपरीत भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे साना सवारी वर्षभरि नेपालमा राखेर यात्रु ओसारपसार कार्य गर्दा नेपाली गाडी सञ्चालक मारमा परेका छन् । भारतीय नम्बर प्लेटका गाडीले गैरकानूनीरुपमा नेपालमा यात्रु बोक्ने र रिजर्भमा हिँड्ने गरेको पाइएको छ । नेपाली रातो नम्बर प्लेटका गाडीलेसमेत निजी यात्रु ओसारपसार […]










