पर्सा राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको संख्या बढ्यो

वीरगञ्ज, २३ भदौ । लोपोन्मुख अवस्थामा रहेको पाटेबाघको संख्या सन् २०२२ सम्म दोब्बर पु¥याउने नेपाल सरकारको लक्ष्यअनुरूप पर्सा राष्ट्रिय निकुञ्ज आधाभारमा पाटेबाघको संख्या २५० पु¥याउने भएको छ । सो निकुञ्जमा विगतमा बाघको गणना गर्दा सन् २००७ र २००८ मा २२ वटा पाटेबाघ रहेकोमा अहिले सो बाघको संख्या दोब्बर हुनुसक्ने अनुमान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत […]

तीन महिना बन्द भएर जुफाल विमानस्थल सञ्चालनमा

डोल्पा, २३ भदौ । डोल्पामा यातायातको एकमात्र विकल्पको रूपमा रहेको जुफाल विमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको छ । स्तरोन्नतिका लागि झण्डै तीन महिनादेखि बन्द गरिएको जुफाल विमानस्थलमा ९० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भएपछि हवाई सेवा सुचारु गरिएको हो । हवाई बन्द भएपछि प्राकृतिक नाकाबन्दीको अवस्था खेपिरहेको डोल्पालीको समस्या र नजिकिँदो महान चाड दसैँको […]

ढाेरपाटनमा झारलकाे संख्या बढ्याे । अहिलेसम्म ३८८ झारलकाे गणना

काठमाडाैं । यस वर्ष ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। याे संख्या गतवर्षकाे भन्दा निकै धेरै हाे ।  विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा थिए। पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको जनाइएको छ। गत जेठ–असारमा कार्यालयले […]

राफ्टिङ एसोसियसन नाराको अध्यक्षमा मगर

काठमाडौँ, २१ भदौ । नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् । नाराकोे आज सम्पन्न २९औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ३२ मतका साथ मगर विजयी भएको हुन । उनका निकटतम प्रतिद्वन्द्वी गंगा नेपालले २६ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा कमल ठकुरी, महासचिवमा शिव अधिकारी, सचिवमा भीष्मराज […]

पर्यटकको पर्खाइमा छन् मुस्ताङका यी दुई रमणीय ताल

मुस्ताङ, २१ भदौ । प्रशस्त सम्भावना बोकेको थासाङ गाउँपालिका–२ कोवाङस्थित भुर्तछो र सेकोङ ताल ओझेलमा परेका छन् । प्रचारप्रसार, संरक्षण र पूर्वाधारको कमीले प्राकृतिक सौन्दर्यले रमणीय ताल ओझलमा परेका हुन् । दैनिक सयाँै आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने बेनी–जोमसोम सडकको बोक्सीखोला खण्डदेखि करिब ३० मिनेट उकालो चढेपछि पुगिने भुर्तछो र सेकोङ ताल सुनसान छ […]

पर्यटकीय सिजन सुरु । ७५ प्रतिशत होटल बुकिङ । ९ लाख पर्यटक नेपाल अाउने

काठमाडौँ, २० भदौ । पर्यटकीय याम शुरु भएसँगै यहाँका होटल भरिभराउ हुन थालेका छन्। होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन्। अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए। होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा […]

बाढीका कारण हराएको बाह्रसिंगे भेटियो

चितवन, १८ भदौ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हराएको भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ। बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएका चार बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। उनका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोर ९इन्क्लोजर०को अनुगमनमा एउटा बाह्रसिंगे भेटिएको […]

दशैका लागि ९० प्रतिशतभन्दा बढी हवाइ टिकट बुकिङ

काठमाडौँ, १६ भदौ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् । […]

तातोपानीमा डुबुल्की मार्न आउने विदेशीको संख्या बढ्दो

म्याग्दी, १५ भदौ । तीन वर्षदेखि जापानबाट पाँच जनाको एक समूह नियमित रुपमा बेनी नगरपालिका ४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने गरेको छ । युट्युब र अनलाइनमा तातोपानी कुण्डका बारेमा जानकारी पाएपछि कुण्ड खोज्दै आएको जापानी टोलीले हरेक वर्ष बुकिंग गरेर तातोपानी कुण्डमा डुबुल्की लगाउँछ र प्राकृतिक उपचारमार्फत स्वस्थ भई आफ्नो देशमा फर्किने गर्छ […]

विश्वका १५ पवित्र तीर्थस्थलमध्ये एक म्याग्दीमा

म्याग्दी, १३ भदौ । हिन्दूहरूको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दी जिल्लामा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ । श्रीमद्भागवत महापुराणको सप्तम […]