एकायन करातेको महोत्तरी जिल्ला संघ गठन

    महोत्तरी, नेपाल एकायन कराते संघको महोत्तरी जिल्ला संघ गठन गरिएको छ । एकायन करातेका महोत्तरी जिल्ला प्रमुख निशान्त ठाकुरको अध्यक्षतामा ११ सदस्यीय महोत्तरी जिल्ला संघ गठन गरिएको छ । नवगठित संघको उपाध्यक्षद्वयमा पाण्डव भारती र प्रभु ठाकुर हजाम छन्् । सचिवमा सुवोध यादव र कोषाध्यक्षमा सत्रुध्न प्रसाद यादव चयन भए । सदस्यमा कन्चन लामिछाने, […]

राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

विराटनगर, ९ माघ । विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि […]

त्रिभुवन आर्मीद्वारा ड्रुक युनाइटेड भुटानलाई ५–० ले पराजित

इटहरी, ९ माघ । त्रिभुवन आर्मी क्लब सोमबार पाहुना टोली ड्रुक युनाइटेड भुटानलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अब आर्मीको बुधबार थ्रीस्टारसँग पहिलो सेमिफाइनल भेट हुनेछ । दोस्रो सेमिफाइनलका लागि मनाङ मस्र्याङदीले मंगलबार आफ्नो प्रतिद्वन्द्वी पाउने छ । आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा […]

माघ १० देखि खुकुरी टी–ट्वान्टी क्रिकेट

काठमाडौँ, ८ माघ । खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनयविक्रम थापाले जानकारी दिए । इएनटीद्वारा आइतबार यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएअनुसार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट […]

दुई मतले विपक्षीलाई पराजित गर्दै धिमाल तेस्रोपटक फुटबल संघको अध्यक्षमा निर्वाचित

मोरङ, ५ माघ । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । धिमालले ८ मत ल्याए भने गिरीले ६ मत प्राप्त गरे । यो विजयसँगै धिमालले जिल्ला फुटबल संघमा […]

रियलले अाफूसँग गरेका वाचा पूरा नगरेकाे भन्दै राेनाल्डाेले भने ‘अब म्यानचेस्टर युनाइटेड फर्किन्छु’

काठमाडाैं । रियल म्याड्रिडका फर्वार्ड स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर यूनाइटेड फर्किने इच्छा जाहेर गरेका छन् । उनले याे कुरा अहिले अावद्ध रहेकाे क्लब रियल म्याड्रिडसँग गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डो यसै वर्षको समर ट्रान्सफर विन्डोका क्रममा आफ्‍नो पुराने क्लबमा फर्किन चाहन्छन् । पाँच पटक बालोन डी ओरको उपाधि चुमिसकेका रोनाल्डोले रियल […]

सुटर्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगे काभ्रे बोर्डर र माउन्ट भ्याली

भक्तपुर, २७ पुस । काभ्रे बोर्डर र भक्तपुरको माउन्ट भ्याली फुटबल क्लब भक्तपुरमा जारी सुटर्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएका छन् । सुटर्स फुटसल क्लबद्वारा आयोजित उपत्यकाव्यापी खुला फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएका सेमिफाइनलमा जीत हात पार्दै काभ्रे बोर्डर र माउन्ट भ्याली उपाधि नजिक पुगेका हुन् । भक्तपुरको माहेश्वरी खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार […]

राष्ट्रिय कवड्डी प्रतियोगिताको पुरुष तथा महिला दुबैतर्फ नेपाल आर्मी

बर्दिया । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कप कवड्डी प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फ नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ । आर्मी पुरुष तर्फ मध्यमाञ्चललाई ५०–२१ र महिला तर्फ नेपाल प्रहरीलाई ५१–२४ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । बर्दियाको भुरिगाउँमा आयोजित राष्ट्रिय प्रतिस्पर्धामा पुरुष तर्फ पश्चिमाञ्चलले पनि शसस्त्र प्रहरीलाई हराउँदै फाइनलमा पुगेको छ । […]

१० मिटर एयर राइफलमा सुस्मिता सबैभन्दा अगाडि

काठमाडौँ, २६ पुस । मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औँ पुरुष तथा २२ औँ महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन आज महिला १० मिटर एयर राइफलमा ३८३ अंकको अग्रता बनाएकी छिन् । ‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सुस्मिताले ४०० पूर्णाङ्कमा ३८३ अंक जोड्दै पहिलो दिनको खेल सकिँदा पहिलो स्थान हात पारेकी हुन् । ओलम्पियन एवं […]

खप्तड गोल्डकपको सेमिफाइनलमा पुग्यो एपिएफ

धनगढी, २६ पुस । यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली एपिएफ सङ्कटालाई पराजित गर्दै सेमिफाइनमा पुगेको छ । एपिएफले सङ्कटालाई शून्यका विरुद्ध २ गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो । एपिएफका अञ्जन विष्टले पहिलो हाफको २३ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएकामा दोस्रो हाफको […]