६ ओभरको खेल सकिँदा ओमानको २० रन

काठमाडौं, २६ माघ। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्द्धा गरिरहेको छ । कीर्तिपूरस्थित टियु क्रिकेट मैदानमा अहिले भईरहेको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्यसहित ओमान जवाफी ब्याटिङ गरिरहेको छ । ६ ओभरको खेल सकिएको छ । ओमानले बिना विकेटको क्षतीमा २० रन जोडेको छ । नेपाल आफ्नो पहिलो खेलमा ओनमसँग १८ […]

समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ ।  सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्री वर्षमान पुन ‘अनन्त’ले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा छलफलमा मन्त्री पुनले विगतमा राजनीतिक अस्थिरता र संक्रमणको फाइदा उठाउँदै ठेक्का लिने र समयमै काम नगर्ने प्रवृत्ति रहँदै आएकोमा वर्तमान सरकार गठन भएपछि त्यस्तो प्रवृत्तिमा सुधार आएको […]

नेपालसँग अमेरिका पराजित

काठमाडौं ।  आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालसँग अमेरिका पराजित भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा  पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध  ३५ रनको जित निकालेको हो। अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि  पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो।  नेपालका लागि करण केसीले चार […]

सरस्वतीलाई ६-१ ले हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं २३ माघ । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६९१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । ११ खेलबाट मछिन्द्रले २५ अंक जोडेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ ।मच्छिन्द्रले खेलको पहिलो हाफमा १ […]

ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य

काठमाडौं, २२ माघ । आईसीसी क्रिकेट वल्र्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो । उसको सुरुवात भने खराब थियो र ५७ रन […]

आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

काठमाडौँ, २२ माघ। क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक […]

३ महिनापछि टिममा फर्किए म्याक्सवेल

केहि समय क्रिकेटबाट विदा लिएका अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल करिब ३ महिनापछि टिममा फर्किएका छन् । क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध आउने महिना हुने सिरिजको लागि टिम घोषणा गर्दा म्याक्सवेल पनि टिममा परेका छन्। मानसिक स्वास्थ्यको कारण म्याक्सवेलले गत कात्तिकमा क्रिकेटबाट विश्राम लिएका थिए। श्रीलंकाविरुद्ध घरेलु टिम अष्ट्रेलियाले तीन खेलको सिरिज क्लिन स्वीप गर्दा म्याक्श्वेलले अघिल्लो […]

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रहरीमा आवद्ध पदक बिजेता खेलाडीहरु सम्मानित

माघ १९ , काठमाडौँ । नेपाल प्रहरीमा आबद्द १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग मा पदक बिजेता खेलाडीहरु सम्मानित भएका छन् । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको छ । कार्येक्रममा कोरियन तेक्वान्दो […]

युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि इटालियन महारथि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार खेपेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । पाहुना टोली युभेन्ट्सलाई हार चखाउन नापोलीका पिओटर जिलिन्स्कीले ६३औं मिनेटमा खाता खोले । ८६औं मिनेटमा लोरेन्जो इनसिग्नेले गोल […]

नेवाः फुटसल कासा हुने

काठमाडौं । नेपाल खड्गी सेवा समितिको आयोजनामा यही माघ १० र ११ गते नेवाः फुटसल कासा हुने भएको छ । समितिको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजना हुने फुटसलमा खड्गी समुदायको दुई समूहका साथै ज्यापु, मानन्धर, देसार, ताम्रकार, राजकर्णिकार, श्रेष्ठ, पुतुवार र बलामी समुदाय बीच प्रतिस्पर्धा हुने भएको आयोजकले ननस्टपखबरलाई जानकारी दिएका छन । कासामा प्रथम […]