खस्यौली, १८ साउन । रुपन्देहीस्थित बुटवलमा पूँजी बजारका विषयमा चिकित्सकले पनि चासो देखाउन थालेका छन् । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनी र लगानी स्कुलको संयुक्त आयोजनामा आज भएको शेयर बजार अभिमुखीकरणमा मेडिटेक अस्पताल बुटवलका बालरोग विशेषज्ञ डा विकास भण्डारी सहभागी भएका छन् । “मैले मेरो पेशाबाट आम्दानी गरेको रकम शेयर बजारमा लगानी गर्न चाहन्छु” उनले भने […]
Author: ननस्टप संवाददाता
कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी
भोजपुर, १८ साउन । जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । यसैका उदाहरण भन्नु भएको छ भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करीब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहेका छन् […]
शिवाङ्गी दुबेः ‘कक्षा–दश, स्वर्ण पाँच’
भीमदत्तनगर, १८ साउन । खेलप्रतिको लगाव र मेहनतले छोटो समयमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् कुस्तीका खेलाडी शिवाङ्गी दुबे । कञ्चनपुरको भीमदत्तनगरस्थित आर्दश विद्या निकेतनमा कक्षा–१० मा अध्ययनरत शिवाङ्गी नेपाली महिला कुस्तीको इतिहासमा अब्बल खेलाडीका रुपमा उदाएकी छन् । भीमदत्तनगरपालिका–४ भाषीस्थित तीन वर्षदेखि बुबा/आमासित डेरा गरी अध्ययनसँगै कुस्ती खेलमा लागेकी दुबे यतिबेला […]
रम्भालाई नमूना गाउँपालिका बनाइँदै
बेझाड, १८ साउन । पाल्पाको रम्भा गाउँपालिकालाई नमूना गाउँपालिकाका रुपमा विकास गरिँदैछ । विकासले क्रमिक रुपमा गति लिँदै अगाडि बढेको यस गाउँपालिकालाई जिल्लाकै अन्य गाउँपालिकाभन्दा नमूना गाउँपालिकाका रुपमा विकास गर्ने योजनाका साथ विभिन्न कार्यक्रम अगाडि बढाइँदैछ । नमूना गाउँपालिका बनाउन आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले पूर्ण सरसफाइयुक्त, घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने, खरको छानामुक्त […]
शङ्खरधर उद्यानको राजश्व घट्यो
काठमाडौँ, १८ साउन । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइअन्तर्गतको शङ्खधर उद्यानको आर्थिक वर्ष २०७५/७६ को राजश्व आव २०७४/७५ को भन्दा नौ लाखले घटेको छ । सङ्घीयताको कार्यान्वयनसँगै उद्यानमा आउनेको सङ्ख्या घटेको उद्यानका इञ्चार्ज हरिशरण केसीले बताए । “वर्षायामको समयमा पनि अवलोकनाकर्ता कम हुने गरेका छन्”, इञ्चार्ज केशीले भने । यो वर्ष बगैँचाको केही सुधार गरिएको […]
माछापुछ्रे पदयात्रामा धमाधम पूर्वाधार
कास्की, १८ साउन । पर्यटनको अथाह सम्भावना रहेपनि आवश्यक पूर्वाधार तथा प्रवद्र्धन नहुँदा पछाडि परेको ‘माछापुच्छ«े मोडल ट्रेक’मा पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय जुटेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ को कुइवाङबाट शुरु हुने सो पदयात्रा मार्ग तीनदेखि सात दिनको रहेको छ । कुइवाङबाट सैतीघट्ट, इमु, तक्रो प्रम्धुङ, कल्था, मेरवाङ खर्क, आलङ्गे झरना, नौढोके, मेश्रम, कोरचोङ हुँदै […]
भीर मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य
गलकोट, १८ साउन । बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि चालू आर्थिक वर्षदेखि मह शिकार(हनि हन्टिङ)मा कडाइ गरेको गाउँपालिकाले जनाएको छ । सामुदायिक र […]
लुटेको दश महिनापछि लुटेरा पक्राउ
भक्तपुर, १८ साउन । आइएमइबाट रकम झिकेर घर फर्कँदै गरेकी एक महिलाको साथबाट दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागुऔषधसहित आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिनालाई मध्यपुरथिमि–१ लोकन्थली, नरेफाँटबाट लागुऔषध डाईजापम, नोफिन र फेनारगन छ सेट तथा […]
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
मुग्लिन, १८ साउन । चितवनमा सवारी दुर्घटना हँुदा आज एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदँै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने […]
आश्रितको गोजीको १३ सय सङ्ग्रहालयमा
रुपन्देही, १८ साउन । सङ्ग्रहालयको मूलढोकाबाट प्रवेश गर्ने बित्तिकै सिसाले छोपेर राखिएका एक हजार ३०० मा सबैको ध्यान तानिन्छ । रुपैयाँका अगाडि टक्क उभिएर छेउछाउमा नजर डुलाउँदा फिलिप्स कप्पनीको पुरानो रेडियो, केही थान पुरुषले प्रयोग गर्ने कपडालगायतका बस्तु देख्दा सबैलाई कौतुहलता जाग्छ । त्यसरी सिसाभित्र राखिएका एक हजारको एउटा नोट र एक सयका तीनवटा नोट […]










