‘एकको दान, अर्कोलाई वरदान’

काठमाडौँ, १६ साउन । किताब, कपडा, खेलौना, फर्निचर, विद्युतीयलगायत घर कार्यालयमा काम नलाग्ने अवस्थामा पुगेका सामग्रीको व्यवस्थापन तपाइँ कसरी गर्नुहुन्छ ? फोहोर सरह फयाक्ने वा पुनः प्रयोग गर्ने ? तपाइँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ भन्दै सुखवती स्टोर नामक संस्थाले त्यस्ता सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ । […]

मधुश्रावणी पर्वको महिमा

जनकपुरधाम, १८ साउन । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आज विधिपूर्वक सम्पन्न भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ । तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिलपुत्री विभिन्न गीत गाउँदै श्रीमान्ले ल्याए वा पठाएको […]

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

सिले, मेक्सिको, १८ साउन । मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन् । थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कैयौँको संख्यामा आएका ती बन्दुकधारीले मध्य मेक्सिकोको ग्वान्जुतो राज्यको उक्त प्रहरी चौकीमा गोली चलाएका थिए । उक्त प्रान्तका […]

प्रहरीको कारबाहीमा सात माओवादी मारिए

नयाँ दिल्ली, १८ साउन । भारतको विषेश सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन् । जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ । मध्य भारतमा पर्ने छत्तिसगढ राज्यमा चरम बामपन्थी विद्रोहीका कारण केही बर्षदेखि द्वन्द्व सृजना भएको छ । सन् १९६० को दशकमा सुरु भएको द्वन्द्वका कारण […]

हवाई आक्रमण तालिबानका गभर्नरसहित तीन मारिए

काबुृल, १८ साउन । अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ । फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको […]

अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको “शुन्य संभावना”

वासिङ्टन, १८ साउन । अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छिन । उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट परेकी हुन् । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटोहरु रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताएकि हुन् । […]

सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

खार्तुम, १८ साउन । सुडानको अन्तरिम सैनिक परिषद र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ । स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन् । घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले शनिबार जानकारी दिए । “सुडानी जनताका लागि यो घोषणा गर्न […]

सिकाइलाई जीवनसँग जोड्न एकीकृत पाठ्यक्रम

काठमाडौँ, १८ साउन । सरकारले विद्यार्थीको सिकाइलाई जीवन पद्धतिसँग जोड्नका लागि कक्षा १ देखि ३ सम्म विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । सार्वजनिक शिक्षाको गुणस्तर खस्किरहेको र व्यावहारिक शिक्षा प्रदान गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती कक्षामा ‘एकीकृत पाठ्यक्रम’ र ‘प्रारम्भिक कक्षा पढाइ’ कार्यक्रम सञ्चालन गरेको हो । यसै शैक्षिक सत्रदेखि परीक्षणको रुपमा […]

सय सडक बालबालिकालाई निःशुल्क अध्यापन

काठमाडौँ, १८ साउन । विभिन्न कारणले सडकमा आउन बाध्य भएका र दुःख पाएका बालबालिकाका लागि बाल सारथी सामाजिक संस्थाले निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । जयवागेश्वरीमा १०० जना यस्ता बालबालिकाका लागि बिहानी खानासहित निःशुल्क अध्यापन व्यवस्था गरिएको हो । बाल सारथी एकेडेमीको नाममा स्थापित यो विद्यालयमा हाल कक्षा ५ सम्म गरी ५४ छात्रा र ४६ […]

कोलकातामा भब्य रुपमा मनाइयो भानुजयन्ती

काठमाडौँ, १८ साउन । भारत पश्चिम बङ्गाल राज्य हावडामा यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाली जनकल्याण समिति कोलकाताले आयोजना गरेको कार्यक्रममा नरविक्रम थापाको सम्पादकत्वमा प्रकाशित ‘बिहानी’ पत्रिकाको २० औँ अङ्क विमोचन हुनाका साथै कविता र गीत वाचन तथा सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो । सो अवसरमा […]