काठमाडौँ, २० साउन । वार्ता, सहमति, सहकार्य र एकताबाट समस्याको समाधान निकाल्दै आएका राजनीतिक दलले सदनको गतिरोध अन्त्य गर्न पुनःसोही बाटो अवलम्बन गरेका छन् । सदनमा २६ दिनदेखिको गतिरोध अन्त्य गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले सहकार्य र एकतालाई निरन्तरता दिँदै सदनको गतिरोध अन्त्यसमेत गरेका छन् । सभामुख कृष्णबहादुर महराको विशेष पहलमा सदनको गतिरोध […]
Author: ननस्टप संवाददाता
शिक्षा दिवस मनाउन भव्य ब्यबस्थापनको तयारी
काठमाडौँ, २० साउन । चालिसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस (८ सेप्टेम्बर, भदौ २२) भव्यताका साथ मनाउन विभिन्न दश उपसमिति गठन गरिएको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा उक्त दिवस मूलसमारोह समिति गठन गरिएको थियो । ंिसंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा आज बसेको मूलसमारोह समितिको बैठकले कार्यक्रम समन्वय उपसमिति, उत्कृष्ट विद्यालय […]
कर्मचारीले १० महीनादेखि तलब पाएनन्
भीमदत्तनगर, २० साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित विगठित महेन्द्रनगर नगरविकास समितिको कार्यालयमा कार्यरत सात कर्मचारीले विगत १० महीनायता तलब पाएका छैनन् । विघटित नगरपालिका समितिका छ स्थायी र एक करारका कर्मचारीले तलब नपाएकोे गुनासो गरेका हुन् ।“नगरविकास समिति विगठन भएको पनि महिनौँ भइसक्यो”, विगठित नगरविकास समितिका सूचना अधिकृत पुष्पराज भट्टले भने, “हामीले गत कात्तिक महीनादेखि तलब […]
छ महिनामा २३ अर्ब घनमिटर ग्यास आपूर्ति
उरुम्क्वी, १९ साउन । चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ । यो पाइपलाइन तुर्कमेनिस्तान र उज्वेकिस्तानबीचको सीमा हुँदै चीन प्रवेश गर्दछ । मध्य एसियाली मुलुकसँगको इन्धन आदानप्रदान गर्न यो पाइपलाइन नौ वर्ष अघि निर्माण गरिएको थियो । गत […]
अधिकांश युवाको रोजाई आफ्नै गृहनगर
बेइजिङ, १९ साउन । चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ । पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा बृद्धि भएको देखाएको चाइना युथ डेलीले लेखेको छ । कुल एक हजार ९७३ युवालाई सोधिएकोमा ८७.९ प्रतिशत युवाले आफू आफ्नै गाउँ ठाउँमा काम गर्न चाहेको जवाफ दिएका थिए । उनीहरुमध्ये ५६.५ प्रतिशत […]
अमेरिका र तालिबानबीच दोहामा वार्ता जारी
दोहा, १९ साउन । संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ । अमेरिकी फौजले सन् २००१ मा अफगानिस्तानको तालिबान सरकार पदच्यूत गरेयता अफगानिस्तानमा भिषण युद्ध भइरहेको छ । […]
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता
मनिला, १९ साउन । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ । इलोइलोबाट […]
अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु (अपडेट)
एल पासो, संयुक्त राज्य अमेरिका, १९ साउन । संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ । शनिबार राति एक बन्दूकधारीले टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा चलाएको गोली लागी […]
गुट होइन, अब एजेण्डामा बहस गर्ने बेला आएको छ : नेता भुसाल
गोरखा, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । नेता भुसालले इतिहासलाई हेरेर नभई नेपाली […]
जापान–नेपाल चिकित्सा सम्मेलन
काठमाडौँ, १८ साउन । प्रथम जापान–नेपाल चिकित्सा सम्मेलन आज यहाँ शुरु भयो । जापानी विश्वविद्यालय एलुम्नाइ एशोसिएशन नेपाल (जुआन) अन्तर्गतको जापानमा अध्ययन गरेका चिकित्सकको संस्था (जाग्राम) द्वारा काठमाडौँस्थित जापानी दूतावासको सहयोगमा दूतावासमा आयोजित सम्मेलनको मूलमन्त्र नेपालमा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नका लागि जापान–नेपालमैत्री रहेको छ । सम्मेलनमा जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरी फर्केर नेपालका विभिन्न अस्पताल […]










