धादिङ, २५ साउन । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल […]
Author: ननस्टप संवाददाता
पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै
विराटनगर, २५ साउन । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने […]
महिला र बालकको शव फेला
दमौली, २५ साउन । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी […]
साहित्यिक पत्रिकाको पहिलो अङ्क पाँच हजार प्रति !
काठमाडौँ, २५ साउन । साहित्यिक पत्रिकाको वितरण चुनौतीपूर्ण देखिएका बेला नवप्रकाशित ‘शमी’ साहित्यिक मासिक पत्रिका पहिलो अङ्क नै पाँच हजार १०० प्रतिसहित बजारमा आएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विमोचित सो पत्रिका ‘शमी साहित्य प्रतिष्ठान’ले बजारमा ल्याएको हो । सातै प्रदेशमा बजार प्रवद्र्धक राखेर विज्ञापन सङ्कलन र बजार […]
कश्मीर विवादः संयुक्त राष्ट्रसङ्घ महासचिवले दिए भारतलाई झट्का
जम्मू-कश्मीरको विषयमा भारत र पाकिस्तानबीच तनाव चर्किएको बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम रूपमा संयमित हुन आग्रह गरेका छन्। उनले भारत र पाकिस्तानले सन् १९७२ मा कश्मीर विवाद समाधान गर्न गरेको शिमला सहमतिको स्मरण गराएका छन्। भारत पनि जम्मू-कश्मीरबारे विद्यमान विवाद शिमला सहमति अनुसार नै गर्न इच्छुक भएको बताइन्छ। दोस्रो कार्यकालका लागि […]
उत्तर कोरियाबाट साइबर हमला हुन सक्ने भन्दै नेपालमा सतर्कता
उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन्। राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले बीबीसीसँग पुष्टि गरेका थिए। यस्तो खबर सार्वजनिक भएपछि नेपालमा […]
पुस्तक पढ्नुहोस्, तनावमुक्त हुनुहोस्
तनाव भएको बेला पुस्तक पढ्नुहोस्। बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्छ। तर पुस्तक कसरी मानसिक सन्तुलन कायम राख्न उपयोगी हुन्छ तरु तनाव बिर्सन पुस्तकले अरू चिजले भन्दा बढी सघाउँछ। बीबीसीले बिब्लियोथेरपिस्टहरू अर्थात् किताबको सहयोगले मानसिक स्वास्थ्य सन्तुलन राख्न सहयोग गर्नेहरूबीच चलाएको छलफलबाट आएका मुख्य सुझाव यस्ता छन्। तनावमुक्ति र फुर्ति […]
विद्यार्थीको सिकाइ उपलब्धि बढाउन के गर्ने ?
काठमाडौँ, २० साउन । अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ […]
संसदमा चार समितिका प्रतिवेदन पेश
काठमाडौँ, २० साउन । प्रतिनिधिसभाको बैठकमा चार समितिका अलगअलग प्रतिवेदन पेश गरिएको छ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गरेका थिए । यसैगरी कानून न्याय तथा मानवअधिकार समितिका सभापति […]
धितोपत्र बजारः नेप्से परिसूचकमा पुन: ‘रेड लाईट’
काठमाडौँ, २० साउन । धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ । स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ […]










