म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

याङ्गुन, २५ साउन । अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो । “आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,” पाउङका प्रशासक उ जाव मोए औङले सिन्ह्वालाई […]

मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने

पर्वत, २५ साउन । तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब तीन हप्ता लाग्ने भएको छ । यस्तै पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने भएको छ । बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको दुई सय मिटर […]

आधा दर्जन गाउँ पहिरोको जोखिममा

गाईघाट, २५ साउन । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउछन् । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि अब यहाँका सम्पूर्ण घर नै […]

ओझेलमा माडीको ‘धनलक्ष्मी छाँगो’

भरतपुर, २५ साउन । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ हो । यहाँको वैकुण्ठ तालका विषयमा धेरै जानकार छन् । त्यो तालभन्दा माथि डेढ […]

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला, २५ साउन । दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो । प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला […]

राप्ती किनारका बासिन्दा जोखिममा

बाँके, २५ साउन । जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्छ । डेढ दशकअघि निर्माण शुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ । होलिया […]

प्रदेश ३ मा सबै सामुदायिक बिद्यालयमा ‘स्कूल बस’ सञ्चालन हुने

हेटौँडा, २५ साउन । घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । सामाजिक विकास मन्त्रालयले प्रदेशका […]

एउटा शिक्षकका भरमा विद्यालय, तिनी पनि राजीनामाको तयारीमा

बेझाड, २५ साउन । तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ । चालू शैक्षिक सत्रमा छ विद्यार्थी विद्यालयमा भर्ना भएका छन् […]

उप–निर्वाचनका लागि ३४ मतदानस्थल

लमही, २५ साउन । दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन् । […]

ऐनको पर्खाइमा प्रदेश सरकार

सुर्खेत, २५ साउन । सङ्घीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण यस वर्ष पनि कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ । सङ्घीय निजामती ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति, बढुवालगायत सार्वजनिक प्रशासनसँग सम्बन्धित काम गर्न समस्या भएको छ । कर्णाली प्रदेश सरकारले अघिल्ला दुई आर्थिक […]