सीपीएलमा सन्दीपको पुनः उत्कृष्ट प्रदर्शन, एकै ओभरमा लिए दुई विकेट

काठमाडौं ।  क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ । बिहीबार बिहान सम्पन्न खेलमा सन्दीपले दुई विकेट लिए । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्समा आवद्ध सन्दीपले जमैका तल्लावाहविरुद्ध एकै ओभरमा दुई विकेट लिएका हुन् । चार ओभर बलिङ गरेका उनले ५.२५ को औसतले २१ रनमात्र दिए । […]

कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरिरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले झुटको खेती गरेर जनतालाई अन्योलमा राख्ने काम तत्काल बन्द गर्न कांग्रेसलाई आग्रह गरे । स्वस्थ प्रतिस्पर्धाका आधारमा राजनीति गर्न सुझाव दिँदै […]

प्रचण्डले बर्खास्त गरेका ज्ञवालीलाई ओलीले पुनः प्राधिकरणको सीईओ बनाए

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो । तर, प्रचण्ड सरकारले बर्खास्त गरेको थियो । त्यसबेला तत्कालीन अवस्थामा पनि प्रचण्ड सरकारले ज्ञवालीलाई बर्खास्त गरेपछि […]

धार परिवर्तन गरेपछि कालीगण्डकी नदीले विद्यालय बगायो

काठमाडौं । कालीगण्डकी नदीले विद्यालय बगाएको छ। अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो। कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए। कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन्। केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ। कालीगण्डकीको बाढी करिब ४० मिटर […]

बानेश्वरमा होस्टलको छतबाट खसेर एक विद्यार्थीको मृत्यु

काठमाडौं । बानेश्वरमा एक होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ। प्रयाग मार्गस्थित ओम शान्ति होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णकी ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो। होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल, मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। थप […]

गृहमन्त्रीलाई कांग्रेस सांसदले सोधिन- ठुला माछा कुन नदीमा पौडी खेलिरहेका छन् ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद मीना सुब्बाले सुन तस्करीमा साना माछा मात्रै पक्राउ गरेको र ठूला माछा भनिएकाहरू खुल्लम खुला भएकोमा सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले प्रश्न गरिन्, ‘सुन तस्करीका भुरा माछाहरू पक्राउ पर्दा ठूला माछा कुन नदीमा पौडी खेलिरहेका छन् ?’ उनले शपथको सुरुमा मन्त्रीहरूको काम राम्रो […]

नेकपाका सगरमाथा र कोशी ब्यूरो इन्चार्जसहित चार नेता गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सागरमाथा र कोशी ब्यूरो इन्चार्जसहित चार नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । सगरमाथा ब्यूरो इन्चार्ज दिपेश र कोशी ब्यूरो इन्चार्ज किरण राईसहित राकेश शैलेसलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई मंगलबार राति धरानबाट गिरफ्तार गरेको हो । यसबारे नेकपाले औपचारिक रुपमा केही बताएको छैन भने प्रहरीले पनि गिरफ्तार गरेको […]

बन्द सकिएपछि विप्लवले भने- अन्तिम लडाइँ लड्न जरुरी भइसकेको छ (विज्ञप्तिसहित)

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकार दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएको भन्दै त्यसविरुद्ध अन्तिम लडाइँ लड्नु पर्ने जरुरी भइसकेको बताएका छन् । मंगलबार नेपाल बन्द सकिएलगत्तै विप्लवले विज्ञप्ति जारी गरेर सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् । साथै महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका […]

देशभरबाट नेकपाका दुई दर्जन बढी नेता कार्यकर्ता गिरफ्तार (नामावलीसहित)

काठमाडौँ । नेपाल बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका २ दर्जन नेता कार्यकर्ताहरु गिरफ्तार भएका छन् । प्रहरीले विभिन्न ठाउँबाट नेकपाका नेताकार्यकर्ता, सर्मथक, शुभचिन्तक र सर्वसाधारण गरी दर्जन बढीलाई गिरफ्तार गरेको छ । नेकपाका मेचीब्युरो सदस्य राम दास र असल लिम्बुलाई झापाबाट प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई झापाको इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । […]

एसियन गेम्स फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज एसियाली महारथि जापानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली टोलीले आज साँझ सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समय अनुसार पौने ६ बजे जापानसँग खेल्दै एसियन गेम्सको सुरूवात गर्दैछ। इन्डोनेसिया जानुअघि नेपाललले थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण लिएको थियो। थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको नेपालले […]