सरकारी भवन कब्जा गरी बोर्डिङ !

काठमाडौं, ५ चैत । बहुदरमाई नगरपालिका रामनगरस्थित नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयको भवनमा पाँच वर्षदेखि निजी विद्यालय सञ्चालनमा छ । देवनन्दन देवराज माविसँग जोडिएर रहेको सिँचाइ कार्यालयको १० कोठे भवनमा ०६९ देखि दुर्गा एकेडेमी सञ्चालनमा रहेको छ । समाचार अनुसार, ३ कक्षासम्म पठनपाठन हुँदै आएको विद्यालयमा एक सय ९२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय […]

एसईइ परिक्षा: कालीकोटमा ४ हजार बढी विद्याथी सहभागी हुँदै

रमेश कुमार वोगटी, कालकिोट । चैत ८ गतेदेखि संचालन हुन् गइरहेको यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसइईमा कालिकोट जिल्लाबाट ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने भएका छन् । कालिकोट जिल्लामा तोकिएका १८ वटा परिक्षा केन्द्रमा परिक्षा दिनका लागि ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले वताएका […]

कांग्रेसमा गुट हेरफेर, क–कसले बदले ?

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय बनेको समाचारलाई आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । पार्टीभित्र एक नेताले अर्कोलाई निरीह र आफूलाई शक्तिशाली देखाउन गुट बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । निर्वाचनमा पराजयपछि कांग्रेसमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ । नागरिक […]

रेशम चौधरीलाई जेलभित्रै शपथ

काठमाडौं, ५ चैत । साढे दुई वर्ष अगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय […]

सर्वाेच्चकाे फैसलाले प्रचण्डलाई पक्राउ गर्न सकिने

काठमाडौं । तत्कालिन शाही नेपाल सेनाबाट बिद्राेह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेकाे रिट निवेदन सर्वाेच्च अदालतले अाइतबार खारेज गरेकाे छ ।  झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेकाे रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायधिश द्वय विश्वम्भर श्रेष्ठ र इश्व खतिवडाको इजलासले खारेज गरेकाे हाे । […]

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेतृ दाहाल विजयी

काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएकी छन् । संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन् । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाइन् । राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । […]

चैते दशैं नजिकिएसँगै कागबेनी त्रिवेणीमा पर्यटक बढे

मुस्ताङ, ४ चैत  । चैते दशैं पर्व नजिकिँदै गर्दा मुस्ताङको कागबेनी त्रिवेणी स्थलमा चहलपहल बढेको छ । पितृको सम्झना गर्दै कालिगण्डकी नदीमा पिण्डदान गर्न पुग्नेहरुका कारण चहलपहल बढेको हो । बडा दशैं र चैतै दशैंको औशी तिथि आसपास पारेर तिर्थालुहरु मुस्ताङ पुग्ने गर्दछन् । श्राद्ध गर्ने तथा पितृका नाममा तर्पणका लागि शुक्रबार र शनिबार मात्र […]

आइतबार पनि शेयर बजारमा ९.४० अंकको गिरावट !

काठमाडौं, ४ चैत । साताको पहिलो दिन आइतबार पनि शेयर बजारमा ९.४० अंकको गिरावट आएको छ। त्यस्तै कारोबार रकम पनि ३० करोड ४ लाख रुपैयामा खुम्चिएको छ।  कारोबार सुरु भएको २९ मिनेटसम्ममा ४.४२ अंकले उकालो लागेको भए पनि त्यस पछि बजार लगातार ओरालो लाग्दा ९.४० अंकले घटेको हो। आइतबार सबै सूचक तथा उपसूचक ओरालो लागेको छ […]

सांसद् बनेका गुण्डा नाईके दिपक मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस जारी

काठमाडौं, ४ चैत । प्रदेशसभा सांसद् बनेका गुण्डा नाईके दिपक मनाङे अर्थात् राजीव गुरु को नाममा रेड कर्नर नोटिस जारी भएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको पहलमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेको हो । यसअघि २ माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन […]

मेयरकपको उपाधि मेचीनगर झापालाई, आयोजक सूर्योदय ३ गोलले पराजित

काठमाडौं, ४ चैत । इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयमा दुवैतर्फबाट तीन–तीन गोल गर्दै बराबरी गरेपछि ट्राइवेकरका आधारमा नतिजा लिइएको हो […]