योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त

काठमाडौं, ११ बैसाख । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा एमालेनिकट डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए । यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर […]

आज तेह्रौँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं, ११ बैसाख । आज वैशाख ११ गते, लोकतन्त्र दिवसको सम्झना गरिँदैछ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाईँदैछ । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ […]

पञ्जावसँग दिल्ली ४ रनले पराजित

काठमाडौँ, ११ बैसाख । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स पञ्जावसँग दिल्ली ४ रनले पराजित भएको छ । गएराति भएको खेलमा दिल्लीलाई किङ्स ईलेभेन पञ्जावले ४ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको पाहुना टोली पञ्जावले १४३ रन मात्रै बनायो । उसका लागि करुण नायरले ३४ रन तथा डेभिड मिलरले ३६ रन जोडे […]

व्यवस्था फेरियो, नेता फेरिएनन

काठमाडौं, ११ बैसाख । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत् छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक/समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई स्थापित गराइसकेको छ । गणतन्त्र स्थापना गरी नेपालको राजनीतिलाई नयाँ उचाइमा पुर्याउँदै सार्वभौमसत्ता, […]

भाउजुका ‘टीके’बिरुद्ध ५ भाईको उजुरी ! अब के हुन्छ ?

काठमाडौं, ११ वैशाख । टीका लगाएर भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका नैनसिंह महर विरूद्ध उनका ५ उपाध्यक्षले पार्टीका सभापति शेरबहादुर देउवालाई उजुर गरेपछि विवाद चुलिएको छ । यद्यपि, उक्त उजुरी कार्यान्वयन नहुनेमा महर ढुक्क छन् । किनभने सभापतिपत्नी आरजु राणाको बलमा उनी संगठनको अध्यक्ष बनेका थिए । कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाको […]

टोरन्टोमा भ्यानको ठक्करबाट १० जनाको मृत्यु, १५ घाइते

काठमाडौं, ११ वैशाख । क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले भ्यानमार्फत पैदलयात्रीलाई ठक्कर दिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार व्यस्त सडकमा चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई सेतो भ्यानले ठक्कर दिएका थिए । फेरि भ्यानलाई सडकमा ल्याएका थिए । घटनालगत्तै फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ […]

घरमै बम पड्किएपछि मिडियासामु धरधरी रोए प्रमुख आयुक्त अयोधीप्रसाद यादव, हेर्नुहोस् के भने ?

काठमाडौं, १० बैसाख । आइतबार साँझ हात्तिवनस्थित घरमा बम बिस्फोट भएपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव निक्कै दुखि बनेका छन् । बम विष्फोटनलगत्तै पुगेका मिडियासामु प्रमुख आयुक्त यादव धरधरी रोएका थिए । उनले आफूमाथि बारम्बार ज्यान लिनेगरी हमला हुँदा पनि सरकारले सुरक्षा दिनुको साटो खटिएका सीमित सुरक्षाकर्मी पनि फिर्ता गरेको बताएका छन् । ‘बम विष्फोटपछि […]

नयाँ शक्ति नेतृ भण्डारीसहित १७५ नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

काठमाडौँ, १० बैसाख । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुरामलाई फेरी झट्का लागेको छ । एकपछि अर्को गर्दै नयाँ शक्तिका नेताहरुले पार्टी परित्याग गर्न थालेका छन् । सोमबार मात्रै नयाँ शक्ति पार्टीकी नेतृ तथा पूर्वराज्यमन्त्री लीला भण्डारीले पार्टी परित्याग गरेकी छिन । साथै उनि सोमबार नै एमाले प्रवेश गरेकी छन्। २०६४ सालको […]

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको घरमा बम बिस्फोट

काठमाडौं, ९ बैसाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हत्तिबनस्थित आयुक्त डा. यादवको घरमा आइतबार साँझ बम बिस्फोट भएको स्थानीयले बताएका छन् । आइतबार साँझ करिब ७ बजेतिर यादवको घरमा ठुलो आवाजसहित बिस्फोट भएको स्थानीयको भनाई छ । विस्फोटबाट के-कति क्षति भएको छ भन्ने बारेमा केहि जानकारी प्राप्त […]

सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले रोइलो गरेपछि नेकपाले मुख खोल्यो !

काठमाडौं, ९ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेपछि नेकपाले मुख खोलेको छ । नेकपाले कुनै पनि ठाउँमा सैन्य बेश क्याम्प नबनाएको स्पष्ट पारेको छ । नेकपाका पूर्वीकमाण्ड इन्चार्ज विरहीले देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढीकरण अभियान जारी रहेको तर कुनै सैन्य गतिविधि नगरेको बताएका छन् ।  इन्चार्ज […]