योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष काठमाडौंबाट अपहरण शैलीमा गिरफ्तार !

काठमाडौं, १३ बैसाख । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष विवसलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । विवसलाई बिहिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको रेड फोर्सले जनाएको छ । तर पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन । पछिल्लो समय नेकपा नेता कार्यकर्ताहरु माथि प्रहरीले धरपकड ब्यापक बनाएको छ । राजनैतिक आस्था […]

च्याम्पिन्स लिगः वार्यनविरुद्ध रियलको कीर्तिमानी जित

काठमाडौं, १३ बैसाख । रियल मड्रिडले वायर्न म्युनिखलाई २–१ ले हराउँदै च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । च्याम्पियन्स लिगमा रियलको यो १५० औं जित हो । लिगमा यति धेरै जितको रेकर्ड राख्ने रियल पहिलो क्लब बनेको छ । तर च्याम्पियन्स लिगमा लगातार धेरै पटक हारेको रेकर्ड भने वायर्नको नाममा लेखिएको छ […]

फरार डिएसपी सञ्जय राउतलाई पक्राउ गर्न देशभर आन्तरिक सर्कुलर, कहाँ छन् राउत ?

काठमाडौं, १३ बैसाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानका लागि डिएसपी सञ्जय राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ। सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बातायो। बुधबार गृहमन्त्रालयमा राउतलाई बयानको लागि बोलाएको थियो। तर बयान दिदै […]

बरिष्ठ डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने मुख्य योजनाकारलाई दिइयाे यस्तो सजाय

काठमाडौ‌, १३ बैसाख । वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको छोरी मेघाको अपहरण प्रकरणमा दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला भएको छ । उच्च अदालत पाटनले थापालाई अपहरणको मुख्य दोषी ठहर गर्दै १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको हो । न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको […]

नेकपामाथि ब्यापक दमनमा उत्रियो ओली सरकार, २ सेक्रेटरीसहित एकैदिन आधा दर्जन नेता गिरफ्तार

बिनिता सिंह, काठमाडौं । देशमा फरक सत्ताको अभ्यास गरिरहेका नेपाल कम्युनिस्ट पार्टीमाथि केपी ओली सरकारले धरपकड र गिरफ्तारी व्यापक बनाएको छ । बुधबार मात्रै प्रहरीले नेकपाका २ सेक्रेटरीसहित आधा दर्जन नेताहरुलाई गिरफ्तार गरेको छ । पार्टीको आन्तरिक कार्यक्रम र सांगठनिक कामका सिलसिलामा आफ्नो कार्यक्षेत्रमा खटिएका नेता कार्यकर्ताहरुमाथि प्रहरीले निगरानी बढाएर गिरफ्तार गर्न थालेको सो पार्टीले जनाएको […]

यी हुन् लखेटी–लखेटी दिउँसै मान्छे काट्ने गुन्डा नाइके, बाँके अदालतले तोक्यो यस्तो हदैसम्मको सजाय

नेपालगञ्ज, १२ वैशाख । बाँकेको नेपालगञ्जमा तीन वर्षअघि भएको चेतन मानन्धरको हत्यामा संग्लन गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित मङ्गलबार जन्मकैदको सजाय सुनाएको अदालतका श्रेष्तेदार दण्डपाणी लामिछानेले जानकारी दिए । कथित ‘डन’ रिगलले २०७२ […]

छुरा हानेर मलेसियामा एक नेपालीको हत्या

काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीले ज्यान गुमाएका छन् ।  उनलाई नचिनेका मान्छेको समुहले छुरा हानेर हत्या गरेको हो । क्वालालाम्पुरमा सुरक्षा गार्डका रुपमा कार्यरत झापा कन्काई नगरपालिका ६ चम्पापुरका मोहनकुमार राजबंशीलाई सोमबार राती नचिनेका मान्छेको समुहले छुरा प्रहार गरेका थिए । हत्याको कारण भने खुल्न सकेको छैन । २०७५ बैसाख १२ मा […]

स्थानीय जनप्रतिनिधिको हजारौं-हजार तलव सुविधा तोकियो, कसको मासिक तलब कति ? सूचीसहित)

जनकपुरधाम, १२ वैशाख । प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलव सुविधा तोकिएको छ । अब जनप्रतिनिधिहरुले हजारौं-हजारका दरले मासिक तलब पाउने भएका छन् । प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीहरुको तलव सुविधासम्वन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको छ । प्रस्तावअनुसार गाउँपालिका अध्यक्षले मासिक ३१ हजार ५०० तलब पाउनेछन् भने १५ सय सञ्चार खर्च दिइनेछ । उपाध्यक्षलाई मासिक […]

रोमामाथि प्रभावशाली जित निकाल्दै लिभरपुल फाइनल नजिक

काठमाडौं, १२ बैसाख । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले रोमामाथि सनसनीपूर्ण जित दर्ता गरेको छ। गएराति घरेलु मैदान एनफिल्डमा भएको सेमिफाइनलको पहिलो लेगको भिडन्तमा लिभरपुलले इटालियन क्लब एएस रोमालाई ५–२ ले हराउँदै फाइनल यात्रा करिब-करिब पक्का गरेको हो। लिभरपुलको फराकिलो जितमा केही दिनअघि मात्रै पीएफए प्लेयर अफ दि इयर भएका […]

घरेलु मैदानमै नराम्रोसँग हार्यो मुम्बई

काठमाडौं, १२ बैसाख । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पाँचौ हार व्यहोरेको छ। सनराइजर्स हैदराबादले मंगलबार उसकै घरेलु मैदानमा मुम्बईको चुनौती ३१ रनले हराएको हो। १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईले हैदराबादका बलरसामू १८.५ ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके। […]