काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की भृकुटीमण्डप पुगेकी छन्। राप्रपाले पृथ्वीजयन्तीको अवसर पारेर काठमाडौँको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रम आयोजना गरेको हो। चियापान कार्यक्रमअघि राप्रपाका नेता–कार्यकर्ताले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए। प्रधानमन्त्री कार्की चियापान कार्यक्रममा केहीबेर अघि सहभागी भएकी हुन्। आधुनिक नेपालको एकीकरणका नेतृत्वकर्ता […]
Author: ननस्टप संवाददाता
ब्रिटिश कलेजविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन, अवैध कार्यक्रम र ठगीको आरोप
काठमाडौं । काठमाडौंमा सञ्चालित ब्रिटिश कलेजको अनुमतिपत्र खारेज गर्न १२ वटा विद्यार्थी संगठनले माग गरेका छन्। कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायतका शैक्षिक कार्यक्रम अवैध रूपमा सञ्चालन गरेको, अत्यधिक शुल्क असुलेको, फरक पाठ्यक्रम पढाएको तथा भर्ना गरिएका विद्यार्थीलाई यूएईमा अलपत्र पारेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञप्ति जारी गर्दै पटक–पटक सम्बन्धित निकायलाई […]
एलेप्पोको भिडन्तपछि कुर्दिश सशस्त्र समूहको सुरक्षित बहिर्गमन
दमास्कस । सिरियाको एलेप्पो सहरबाट कुर्दिश नेतृत्वको सशस्त्र समूह सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) का सबै लडाकु बाहिरिएका छन्। आइतबार बिहान सिरियाली रक्षा मन्त्रालयले युद्धविरामको घोषणा गर्दै सशस्त्र समूहलाई सहर छाड्न ६ घण्टाको समयसीमा दिएपछि लडाकुहरूको बहिर्गमन सुरु भएको हो। एसडीएफका नेता मजलुम अब्दीले अन्तर्राष्ट्रिय मध्यस्थतामा भएको सम्झौताका कारण लडाकु, घाइते, सहिदका परिवार तथा अलपत्र परेका […]
रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ, हृदयघातका कारण निधन
काठमाडौँ । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको तामाङकी श्रीमतीलाई उदृत गर्दै निर्माता राजेश कौशलले पुष्टि गरे । दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ […]
आन्दोलन झन चर्किदै गएपछि इरानी सेनाले भन्यो- प्रदर्शनमा बच्चा नल्याउनू, गोली लागे गुनासो नगर्नू
काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएको दाबी गरिएको छ। इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। यसको सुरुवात २८ डिसेम्बर २०२५ मा भएको थियो। टाइम म्यागजिनले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै राजधानीका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता […]
ट्रम्पलाई शान्ति पुरस्कार हस्तान्तरण गर्न मिल्दैन : नोबेल समिति
काठमाडौं । नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने बताएको छ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५ को नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि संस्थानको यस्तो प्रतिक्रिया आएको हो। समाचार संस्था रोयटर्सका अनुसार, समितिले एक विज्ञप्ति जारी गर्दै नोबेल […]
कांग्रेस विशेष महाधिवेशनमा नामावली दर्ता प्रक्रिया सुरु
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ। कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट नजिकै राखिएका स्टलमार्फत नामावली दर्ता भइरहेको जिल्ला–क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी दिए। विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुने तय भएको छ। महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी आयोजकले गरेका छन्। उद्घाटनपूर्व […]
महेश बस्नेतको टिप्पणी : कुलमान न घरको न घाटको भए, अब पालो बालेनको
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको दाबी गरेका छन्। रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार […]
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !
काठमाडौँ । आज पराष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस ! विसं १७७९ मा जन्मिएका शाहको स्मृतिमा यो दिवस हरेक वर्ष देशभर विविध कार्यक्रमका साथ मनाइँदै आएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण गर्दै आज पनि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी […]











