काठमाडौं । नेपाली कांग्रेसमा पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा पेश राजनीतिक प्रस्तावमा पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन)को व्यवस्था गरिने उल्लेख छ । ‘पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन) को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्यबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू […]
Author: ननस्टप संवाददाता
उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा १७ जनाको नाम हाल्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग भएसँगै उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने तयारी गरेको छ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार जेनजी प्रदर्शनका क्रममा एउटा खुट्टा गुमाएका राजेश पोर्तेल अध्यक्ष रहेको राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने गरी छलफल भएको जानकारी दिए । उनका अनुसार […]
आफू निकट नेताहरुसंग ३ बजे छलफल गर्दै देउवा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् । केन्द्रीय सदस्यसहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएको देउवा निकट कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताले जानकारी गराए । छलफल ३ बजेबाट देउवा निवासमा हुने ती नेताको भनाइ छ । कांग्रेसमा ५६ प्रतिशत नेताहरूको उपस्थितिमा विशेष महाधिवेशन भइरहेको छ । महामन्त्री गगनकुमार थापा र […]
बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु
बैतडी । बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा तीनै जना पुरुष रहेको र सनाखत हुन बाँकी रहेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले […]
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित, नयाँ नेतृत्व चयन गर्ने बाटो खुल्यो
काठमाडौं । नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ । पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन र नयाँ नेतृत्व चयनको वैधानिक बाटो खुला गरेको हो । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्रबाट सोमबार पारित उक्त कार्यविधिअनुसार २०७८ साल […]
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको […]
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु हुँदै
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् । प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो […]
ट्रम्पको चेतावनीपछि उग्र बनेको इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो
काठमाडौँ । इरानमा दुई सातादेखि जारी प्रदर्शनमा ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ। अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यस्तै साढे १० हजारभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। इरान सरकारले भने मृत्यु हुनेको आधिकारिक […]
कांग्रेस विशेष महाधिवेशन : २ घण्टा ढिलो गरी १० बजेदेखिमात्र हुने भयो बन्दसत्र
काठमाडौँ । चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन ३ विजेता बनेपछि प्रशान्त तामाङको चर्चा एकाएक चुलिएको थियो।साधारण पृष्ठभूमिबाट उठेर विजेता बन्नु प्रशान्तको व्यक्तिगत सफलता मात्र थिएन, सपनाले जित्न सकिन्छ भन्ने उदाहरण समेत बनेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भावना, पहिचान र स्वर प्रस्तुत हुनु नेपाली भाषी समुदायका लागि गौरवको क्षण थियो। उनको जितले विशेषगरी गोर्खा […]
कांग्रेस दास र लासहरूको पार्टी होइन, कुनै ‘बा’हरूको पार्टी हाेइन : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन,’ महामन्त्री थापाले भने, ‘कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’ उनले कांग्रेस कुनै ‘बा’हरूको पनि […]









