काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा सुरक्षा निकायहरूले कम घातक हतियारको दुरुपयोग र घातक हतियारको प्रयोग गरी अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलले निष्कर्ष निकालेको छ । सोमबार सार्वजनिक गरिएको प्रतिवेदनले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको गम्भीर उल्लंघन भएको जनाइएको छ । भदौ २३ गतेको प्रदर्शनमा संसद् भवनको मुख्य प्रवेशद्वारमा चढेका प्रदर्शनकारीमाथि प्रहरीले एफएन एफएएल प्रहार […]
Author: ननस्टप संवाददाता
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (नामावलीसहित)
काठमाडौं । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको […]
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’, युरोपद्वारा आपत्ति
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गरेको छ। मस्कोले उक्त रणनीति आफ्नो दृष्टिकोणसँग ‘धेरै हदसम्म मेल खाने’ बताएको हो। यस हप्ता सार्वजनिक गरिएको ३३ पृष्ठ लामो दस्ताबेजमा युरोपले ‘सभ्यता मेटाउने’ जोखिमको सामना गरिरहेको उल्लेख गरिएको छ र यसले रुसलाई अमेरिकाका लागि खतराको रूपमा चित्रण गरेको छैन। […]
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको […]
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको हो । आइतबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान […]
मधेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर
जनकपुरधाम । नवगठित मधेश प्रदेश सरकारले यसअघिका संविधानको धारा १०३ बमोजिम गठित नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ । आइतबार बसेको मधेश सरकारको मन्त्रिपरिष्द् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको हो । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको […]
प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) का लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन योग्य पार्टी सदस्यहरूलाई उम्मेदवारी दिन आह्वान गरिएको हो। इच्छुक उम्मेदवारका लागि रास्वपाले आवेदन शुल्क २५ […]
५ पूर्वमन्त्रीसहित ५५ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दा दर्ताका लागि रुजु गरिँदै, ८ अर्ब बिगो
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएकाे निष्कर्षपछि अख्तियारले ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न विशेष अदालतमा अभियोगपत्र बुझाउँदै छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएका अनियमितताकाे छानबिन पूरा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनालाई प्रतिवादी बनाउने निर्णय गरेको छ। भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियारको […]
ओली कुटीको ‘नक्सा’लाई लिएर शिक्षामन्त्री पुनले गरे कटाक्ष
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन्। मन्त्री पुनले ‘कुटी’ को डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को माग गर्दै ‘घोर बेइजती’, र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने धारणा राखेका छन्। उनले हाकिमले दुई जना […]











