काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन्। मन्त्री पुनले ‘कुटी’ को डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को माग गर्दै ‘घोर बेइजती’, र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने धारणा राखेका छन्। उनले हाकिमले दुई जना […]
Author: ननस्टप संवाददाता
दार्चुलामा भूकम्पको धक्का
काठमाडौँ । दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो । यसको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको छ । हालसम्म भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पको […]
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
गोवा । भारतको तटीय क्षेत्र गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक […]
धादिङको दुर्घटनामा परेका थिए ७० जना, दुईको मृत्यु, सबैको नामलिस्टसहित
काठमाडौँ । पृथ्विलोकमार्ग अन्तर्गत धुनिवेशी नगरपालिका–६ को चालिसेमा शनिबनार भएको भीषण सवारी दुर्घटनामा ७० जना परेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार राति घाइतेहरूको विवरण संकलन गर्दा उक्त दुर्घटनामा विभिन्न सवारी साधनका ७० यात्रु परेक इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिएका छन्। काठमाडौंबाट जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको भारतीय डिब्बा गाडीको ब्रेक फेल […]
धादिङको चालिसेमा ६ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना
काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार, एउटा डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना […]
मधेशमा जस्तै अन्य प्रदेशहरूमा पनि एमाले बाहेकको समीकरण बन्छ- प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य प्रदेशमा मधेसमा जस्तै समीकरण बनाएर सरकार बनाउने बताएका छन्। मधेस प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध दलहरू, मधेशवादी दलहरू र नेपाली कांग्रेस मिलेर कांग्रेसका श्रीकृष्ण यादव शुक्रबार मात्रै मुख्यमन्त्री नियुक्त भएका थिए। त्यहाँ एमालेका सरोज यादवले राजीनामा दिएका थिए। शनिबार मधेस प्रदेशस्तरीय सन्देश सभामा बोल्दै संयोजक […]
कान्ति लोकमार्ग मर्मतका लागि आजदेखि ६० दिनसम्म दिउँसो बन्द हुने
आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति लोकमार्ग बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ। आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। […]
फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक, कुन देश कुन समूहमा परे?
काठमाडौँ । सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलका लागि शुक्रबार ड्र निकालिएको हो। यसपटकको विश्वकपमा पहिलो पटक ४८ देशले सहभागिता जनाउँदै छन्। ४८ मध्ये ६ टोलीको भने टुंगो लाग्न बाँकी नै छ। प्लेअफ खेलबाट ती टोलीको टुंगो लाग्नेछ। १२ वटा समूहमध्ये समूह ‘ए’, […]
एनपीएलबाट साविक विजेता जनकपुरसहित तीन टोली बाहिरिए, लुम्बिनी प्लेअफमा
काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा साविक विजेता जनकपुर बोल्ट्स, चितवन राइनोजर पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफको होडबाट बाहिरिएका छन् । त्रिवि क्रिकेट मैदानमा जनकपुर […]
मोदीले पुटिनलाई उपहारमा दिए रूसी भाषामा अनुवाद गरिएको भागवत गीता
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेका छन्। पुटिन आइतबार बेलुकी दिल्लीस्थित पालम विमानस्थलमा अवतरण गरेका थिए। उनलाई स्वागत गर्न प्रधानमन्त्री मोदी विमानस्थलमै पुगेका थिए। एयरपोर्टमा स्वागतपछि पुटिन र मोदी एउटै गाडी चढेर ७ लोक कल्याण मार्ग पुगेका बिबिसीले जनाएको छ। ७ लोक कल्याण मार्ग प्रधानमन्त्री मोदीको आवास हो। मोदीले आयोजना गरेको निजी रात्रिभोजपश्चात पुटिनलाई रूसी […]











