काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा […]
Author: ननस्टप संवाददाता
रसुवागढी हाइड्रोका सम्पर्कविहीन ९३ जनाको जंगलमा पनि खोजी
काठमाडौँ । बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल र पहाडी क्षेत्रमा समेत विस्तार गरिएको छ। बाढीबाट जोगिन आयोजनाको विद्युत्गृहबाट बाहिर निस्किएर जंगल तथा माथिल्लो क्षेत्रमा भागेको हुन सक्ने आशंकामा सम्भावित स्थानहरूमा खोजी गर्न दक्ष र अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो। कम्पनीले आफ्नै पहलमा नेपाल नेसनल माउन्टेन […]
मनास्लु र लार्केपास पदयात्रा तत्काल नगर्न प्रशासनको आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै तत्काल यात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारीमा रहेका तथा पदयात्रामा निस्किसकेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न आग्रह गरेको हो। आइतबार बिहान चुमनुव्री गाउँपालिका–४, नामरुङस्थित थेराङखोलामा आएको बाढीले पदमार्ग, होटल तथा जलविद्युत् […]
रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा नजान अमेरिकाको चेतावनी
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालसम्बन्धी आफ्नो ट्राभल एडभाइजरी अद्यावधिक गर्दै नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘लेभल २ : बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। तर, रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘लेभल ४ : यात्रा नगर्नुहोस्’ […]
लगातारको पानीले बाजुरामा पहिरा : साँफे–मार्तडी सडकखण्ड अवरूद्ध
बाजुरा । पहिरोले बाजुराको जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। लगातार परेको पानीका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायत स्थानमा पनि […]
गोरखाको नाम्रुङ खोलामा बाढी : चार घर र फलामे पुल बगायो
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ मा बाढीले चार घर बगाएको छ । गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । डीएसपी श्रेष्ठका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आएको थाहा पाएपछि स्थानीयले भने […]
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली […]
बाढीको ११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्दार
काठमाडौं । रसुवामा बाढीका कारण अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको उद्धार गरिएको छ। नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र करिब २२५ मिटरको दूरीमा रहेका चिनियाँ नागरिक लुहाइताओलाई सुरक्षित रूपमा बाहिर निकालेको हो। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उद्धार गरिएको व्यक्तिको विवरण सार्वजनिक गरेका छन्। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण […]
बाढीमा पुरिएको घरबाट चन्डिकाको जीवित उद्धार, उपचारका लागि काठमाडौं ल्याइँयो
काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीका कारण घर पुरिएपछि भित्र फसेकी एक महिलाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। विदुर नगरपालिका–१० बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको घरमा बाढी पसेर पुरिएपछि उनकी श्रीमती चन्डिका घरभित्रै फसेकी थिइन्। सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले उनलाई उद्धार गरेको हो। उद्धार गरिएकी चन्डिकाको स्वास्थ्य उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने […]
रसुवागढीका ९३ अझै सम्पर्कविहीन, खोजीमा रक क्लाइम्बरदेखि हेलिकप्टरसम्म परिचालन
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनास्थलमा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना तथा तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन्। खोजी तथा उद्धारका […]









