काठमाडौँ । मंगलबार मुलुकभरको आयात–निर्यात ठप्प भएको छ । भन्सार ऐन तथा नियमावलीमा भएका केही प्रावधान अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका भन्सार कार्यालयमा जाँचपासको काम रोकिएको हो । सोमबार वीरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको ‘पेनडाउन’ अभियान मंगलबार मेचीदेखि महाकालीसम्मका सम्पूर्ण भन्सार कार्यालयमा विस्तार गरिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । […]
Author: ननस्टप संवाददाता
मंसिर २५ भित्र एमालेमा महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने
काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् । विभागका प्रमुख अधिकारीले ‘ई–नवयुग’ प्रतिनिधिसँग कुरा गर्दै महाधिवेशनमा आउने मध्ये २ हजार १ सय ५४ […]
फाइनलका लागि आज पुन: आमनेसामने हुँदै सुदूरपश्चिम र विराटनगर
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायर आज मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुँदैछ । खेल अपराह्न ४ बजे सुरु हुनेछ । विजेता टोली सोझै मङ्सिर २७ गते हुने फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत पुनः फाइनल पुग्ने अवसर पाउनेछ। दोस्रो क्वालिफायर काठमाडौँ गुर्खाज र […]
जेनजी आन्दोलनका घाइतेलाई सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए। ‘जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ,’ मन्त्री खरेलले भने, ‘जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांगता भएका व्यक्तिलाई राहत सहायता […]
हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको परमादेश, कुलमानलाई धक्का
काठमाडौं । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ । साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ । घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वाेच्च पुगेका थिए । उक्त रिटउपर […]
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको निष्कर्ष
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा सुरक्षा निकायहरूले कम घातक हतियारको दुरुपयोग र घातक हतियारको प्रयोग गरी अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलले निष्कर्ष निकालेको छ । सोमबार सार्वजनिक गरिएको प्रतिवेदनले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको गम्भीर उल्लंघन भएको जनाइएको छ । भदौ २३ गतेको प्रदर्शनमा संसद् भवनको मुख्य प्रवेशद्वारमा चढेका प्रदर्शनकारीमाथि प्रहरीले एफएन एफएएल प्रहार […]
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (नामावलीसहित)
काठमाडौं । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको […]
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’, युरोपद्वारा आपत्ति
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गरेको छ। मस्कोले उक्त रणनीति आफ्नो दृष्टिकोणसँग ‘धेरै हदसम्म मेल खाने’ बताएको हो। यस हप्ता सार्वजनिक गरिएको ३३ पृष्ठ लामो दस्ताबेजमा युरोपले ‘सभ्यता मेटाउने’ जोखिमको सामना गरिरहेको उल्लेख गरिएको छ र यसले रुसलाई अमेरिकाका लागि खतराको रूपमा चित्रण गरेको छैन। […]
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको […]











