पोखरा । पोखरा महानगरपालिका– १३ घट्टेखोलामा काहुँखोलामा बाढी आउँदा दुइटा घरमा क्षति पुगेको छ। वडाध्यक्ष किरण बरालका अनुसार आइतबार विहानदेखि उद्धारमा खटिएकाले मानवीय क्षति भने हुन पाएन । खोलामा बनाइएको बाँध फुटेर आएको बाढीले स्थानीयको दुइटा घरको केही भाग बगाएको बरालले बताए । खोलामा बाढी बढेका बखत अरु घरहरु पनि जोखिममा रहेको उनले बताए । ‘घट्टेखोलामा […]
Author: ननस्टप संवाददाता
मुकुन्दश्याम गिरीमाथिको कारबाही फिर्ता लिन राप्रपा महामन्त्री शाहीसहित १६ नेताको अपिल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्तिकुमारी शाहीसहित कर्णालीका १६ जना नेताहरूले उपाध्यक्षबाट पदमुक्त गरिएका मुकुन्दश्याम गिरीमाथिको कारबाही फिर्ता लिन माग गर्दै अपिल जारी गरेका छन्। शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका थिए। कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले उपाध्यक्ष गिरीलाई पूर्ववत् अवस्थाकै पदमा फर्काउन माग गर्दै सामूहिक अपिल निकालेका […]
झुण्डिएको अवस्थामा मृत भेटिए रौतहटका पत्रकार रविन्द्र प्रजापति
जनकपुरधाम । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यसपछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा […]
देशका विभिन्न स्थानमा अति भारी वर्षा मापन, सबैभन्दा बढी कास्कीको लुम्लेमा
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ । यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ […]
विपद् प्रतिकार्यमा तुरुन्त कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ। नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भूभाग र पहिरोको उच्च […]
पहिरोले घर पुरिँदा पर्वतको लाङ्दीमा एक दम्पती बेपत्ता
पर्वत । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । गएराति आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएका हुन् । उनकी बुहारी ३२ वर्षीय पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी […]
आज देशका यी तीन प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, […]
एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित
काठमाडौँ । नेकपा एमालेले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र २ नेतृत्वमा कार्यकाल भन्ने विधानमा रहेको व्यवस्था संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो । बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित […]
ओली निरङ्कुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिको नेता : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरङ्कुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिका नेता भएको आरोप लगाएका छन्। शनिबार राजधानीमा आयोजित गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओलीले विपक्षी दलहरूका नेतामाथि निरन्तर प्रतिशोधको राजनीति गरिरहेको बताए। उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबाट […]
३ दिन बाढीको उच्च जोखिम, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरूलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही श्रावण ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्न सक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस […]











