काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । हराएको विमानको खोजी कार्य भइरहेको […]
Author: ननस्टप संवाददाता
बाजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १५ घाइते
बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । चौधरीका जानकारीअनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको […]
आजको प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत हुने, तीन समिति बैठक बस्ने
काठमाडौँ। आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि […]
आज यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, […]
अमेरिकामा ५५० अर्बको लगानी गर्दै जापान, ट्रम्पले घटाए भन्सार दर
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग नयाँ भन्सार सम्झौता गरेका छन्। रोयटर्सका अनुसार जापानबाट अमेरिकामा निर्यात हुने गाडीका भन्सार महसुल घटाउने र त्यसको सट्टामा जापानले ५५० अर्ब अमेरिकी डलरको लगानी र ऋणको प्याकेज घोषणा भएको हो। अहिले जापानबाट अमेरिका जाने गाडीमा २७.५ प्रतिशत भन्सार महसुल तोकिएको छ। अब भन्सार दर घटाएर १५ प्रतिशतमा ल्याउने […]
चिकित्सक संघ आक्रोशित, फेरि सशक्त आन्दोलनको चेतावनी
काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले तीन मन्त्रीको सहभागितामा गरेको सहमति कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गरेर पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा सङ्घ र नेपाल सरकारबिच प्रधानमन्त्रीको निर्देशनमा असार २४ गते भएको तीन बुँदे सहमति भए पनि हालसम्म […]
माओवादीले गरेको विद्रोह इतिहासमा प्रमाणित भएको छ : प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले गरेको विद्रोह इतिहासले प्रमाणीत गरिसकेको जिकिर गरेका छन् । मार्क्सवादी ज्ञान केन्द्रद्वारा लिखित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल: तुलनात्मक अध्ययन’ पुस्तक बुधवार काठमाडौँमा लोकार्पण गर्दै प्रचण्डले माओवादीको विद्रोहले नै अहिले सबै वर्ग समुदायले अधिकार पाएको जिकिर गरेका हुन् । ‘हामीले गरेको विद्रोह इतिहासमा […]
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध […]
कालीमाटी तरकारी बजार भित्रिएको रायो सागमा फेरि भेटियो अत्यधिक विषादी
ठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । दोलखाबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ […]
भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता, खोजीकार्य जारी
सुर्खेत । रुकुम पश्चिममा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । मंगलबार राति टिपर भेरी नदीमा खसेको हो । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक (सइ) शिउकुमार चौधरीले जानकारी दिए । सइ […]











