विभिन्न स्थानका ७ सडक अवरुद्ध, कुन–कुन एकतर्फी ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीले विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरीका अनुसार ७ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने ७ स्थानमा एकतर्फी रहेको छ । प्रहरीका अनुसार संखुवासभामा भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । यस्तै उदयपुरको कटारी–८ मा सिद्धिचरण राजमार्गपनि पूर्णरुपमा अवरुद्ध बनेको छ […]

एच-वानबी भिसाका लागि १ लाख डलर असुल्दै अमेरिका, अरू के छन् अमेरिका छिर्ने उपाय ?

काठमाडौं । अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसाका लागि १ लाख डलर आवेदन शुल्क लिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसस्थित ओभल अफिसमा उक्त घोषणापत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि एच-वानबी भिसाको आवेदन शुल्क १२५० डलरदेखि ७५ सय डलरसम्म थियो। यसका अतिरिक्त ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लेटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ जस्ता सुविधा […]

तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर […]

फ्रान्समा सरकारको विरोध गर्दै हजारौं मानिसहरू किन निस्किए सडकमा ?

काठमाडौँ । फ्रान्समा दसौं हजार मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। राष्ट्रपति इमानुएल म्याक्रों र हालसालै उनले प्रधानमन्त्री बनाएका सेबास्टियन लेकोर्नुको विरोध गर्दै बिहीबार राजधानी पेरिसलगायतका सहरहरूमा हजारौं मानिसहरू सडकमा निस्किएका हुन्। सरकारले २०२६ को बजेटमा सार्वजनिक खर्च कटौतीको योजनाहरू समावेश गरेपछि फ्रान्समा विरोध सुरू भएको थियो। सरकारको नीतिहरुको विरोधमा भइरहेको प्रदर्शनमा समर्थन बढिरहेको छ। […]

जेनजी आन्दोलन प्रहरीसँग नभएका हतियारले गोली हानियो, ताकी–ताकी गोली हान्ने आदेश थिएन : ओली

  काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आदोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । प्रहरीसँग पनि नभएका स्वचालित हतियारले गोली हानेको पाइएको उनले बताएका छन् । भदौ २३ र २४ गते भएको युवा आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो । आन्दोलनपछि […]

प्रचण्डको खुलासा : संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भयो

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको खुलासा गरेका छन् । संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन […]

काठमाडौंका एसएसपी जिम्मेवारीबाट हटाइएर थापालाई पठाइयो

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको छ । थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए । उनीले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन् । २३ भदौको जेनजी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग […]

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई हाजिर नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई हाजिर नगर्न निर्देशन दिएको छ । ओझालाई पुनर्बहाली गर्ने निर्णय नभएको भन्दै मन्त्रालयले हाजिर नहुन तथा अध्यक्षको रुपमा कार्य नगर्न निर्देशन दिएको हो । ओझाले सर्वोच्चको आदेश लिएर मंगलबार पुनर्बहाली गरेका थिए । सर्वोच्चले ओझालाई बर्खास्त गर्ने अघिल्लो सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश […]

भाडाको घर लिएर सैनिक ब्यारेकबाट फर्किए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका […]

शुक्रबार एनसेलको तीन घण्टा सेवा अवरुद्ध हुने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको भोलि (शुक्रबार) बिहान तीन घण्टा सेवा अवरुद्ध हुने भएको छ । एनसेलले शुक्रबार बिहान १ देखि ४ बजेसम्म नियमित सुधार प्रक्रिया अन्तर्गत प्राविधिक कार्य गर्ने जानकारी गराउँदै सेवा अवरुद्ध हुने बताएको हो । सो अवधिमा रिचार्ज, प्याक/सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू […]