रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित

बुटवल । बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले दिएको रिट निवेदनमाथिको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो । तर, […]

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए । यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज […]

कालीमाटी भित्रिएको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले […]

गृहमन्त्रीको राजीनामा माग्दै सुदन गुरूङले चलाए सामाजिक सञ्जालमा अभियान

काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरूद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा माग गर्दै गृहमन्त्री अर्यालविरूद्ध अभियान चलाएका हुन् । ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्दै गुरूङले एउटा पोस्टर फेसबुकमा साझा गरेका छन् । स्टरमा गृहमन्त्री अर्यालविरूद्ध तीनवटा ह्यासट्यागहरू पनि उल्लेख छन् […]

एकताका लागि नेकपा-जसपाबीच आज निर्णायक वार्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता प्रयास जारी छ । यही प्रयास अन्तर्गत आज दुवै दलका नेताहरुबिच निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् । दुवै दलका प्रतिनिधिहरूबीच आज विहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले जानकारी दिए । बुधबार भएको वार्ता सकारात्मक रहेको छिटोभन्दा […]

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो। मिसिल आएकोले आज पेसी […]

आजको मौसम : यी दुई प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका […]

कैलाली जिल्ला अदालत आगजनी गरेको आरोपमा तीन युवा पक्राउ

धनगढी । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ बाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल […]

काठमाडौँलाई पराजित गर्दै एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन […]

मधेस प्रदेश सभामुख मण्डल पदमुक्त

काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने प्रस्ताव बुधबार दुई तिहाइले पारित भएको हो । मधेस प्रदेश सभामा उपस्थित रहेका ७८ प्रदेश सभा सदस्यहरू मध्ये ७६ ले सभामुख मण्डल विरुद्ध दर्ता भएको प्रस्तावको पक्षमा मत दिएका थिए । प्रस्तावको विपक्षमा भने […]