नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसे इन्टर्न डाक्टर, उपचारको क्रममा मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल […]

इमरान खान दम्पतीलाई अदालतले तोक्यो १७–१७ वर्ष जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ । तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख […]

तेल ट्यांकर नियन्त्रणमा लिएपछि अमेरिका–भेनेजुएला तनाव चर्कियो

काठमाडौँ । अमेरिकाले भेनेजुएलाको तेल बोकेको अर्को एक ट्यांकर जहाज कब्जा गरेको छ। अमेरिकी तट रक्षक बल (यूएस कोस्टगार्ड) ले भेनेजुएला तट नजिक उक्त ट्यांकर नियन्त्रणमा लिएको हो। यस घटनाले अमेरिका र भेनेजुएलाबीचको कूटनीतिक तनाव झनै चर्किएको छ भने भेनेजुएलाको तेल निर्यातमा थप असर पर्ने देखिएको छ। यसअघि पनि अमेरिकाले भेनेजुएलाबाट आएको तेल बोकेको जहाजमा […]

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन्। सचिवालयका अनुसार उनी पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा डा. भट्टराईले त्यहाँका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका विभिन्न प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट तथा छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, लोकतान्त्रिक अभ्यास र दक्षिण एसियाको समसामयिक राजनीतिक अवस्थाबारे उनले […]

आज देशभर पहाड–हिमाल र तराईमा कस्तो रहला मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई भूभागका धेरै स्थानमा हुस्सु लागेको अवस्था छ। आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। राति पनि मौसममा खासै परिवर्तन नआउने र देशभर आंशिक बदली नै […]

मधेस प्रदेशमा आज सभामुख चयन हुँदै, यादव र त्रिलोकीबीच प्रतिस्पर्धा

काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि दुई जना प्रदेश सांसदले उम्मेदवारी दर्ता गराएका छन्। सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादबीच प्रतिस्पर्धा हुने भएको हो। रामअशिष यादवको उम्मेदवारीमा […]

कुलमान भन्छन् : अहिलेसम्म कमाएको प्रतिष्ठा सकिए पनि सकियोस् भनेर पार्टी खोलेँ

चितवन । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखरै भए पनि पार्टी खोलेर अगाडि बढेको बताएका छन् । उज्यालो नेपाल पार्टीको चितवन भेलालाई आज भरतपुरमा सम्बोधन गर्दै कुलमानले कतिपय मान्छेले आफूलाई राजनीति नगर्न सुझाव दिएको भए पनि राजनीति पार्टीबाट नै देशलाई अगाडि बढाउने सोचले राजनीतिमा होमिएको बताए । उनले विद्युत् […]

सिरियाको ७० ठाउँमा लक्ष्य गरेर अमेरिकाले गर्‍यो हमला

काठमाडौँ । अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएसआईएस)को क्याम्प, हतियार भण्डारण केन्द्रलाई लक्ष्य गरेर दर्जनौं स्थानमा हवाई हमला गरेको छ। हालै सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको बदला स्वरूप यो अमेरिकाले शुक्रबार झन्डै ७० ठाउँमा हमला गरेको हो। यसलाई ‘अरेसन हकवाइ’ नाम दिइएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। यस कारबाहीमा आईएसआईएससँग जोडिएका पूर्वाधार र […]

सरकारको सय दिनमा प्रधानमन्त्री कार्कीको सम्बोधन : सुशासन र निर्वाचन नै अर्जुन दृष्टि

कठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको बताएकी हुन् । ‘जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ’, उनले भनेकी छन्, ‘ […]

काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए । […]